काठमाडौं । टाटा मोटर्सको १५० बर्ष लामो इतिहासमा पहिलो पटक आफ्ना २ सय जना उच्च स्तरका कर्मचारीलाई सेयर दिने भएको छ ।
आफ्ना कमृचारीलाई सेयर दिएसँगै टाटा मोटर्स अटो सेक्टरमा भारताको पहिलो यस्तो कम्पनी बनेको छ, जसले आफ्ना कर्मचारीलाई शेयर दिने छ ।
यसरी सेयर वितरण गर्न कम्पनीले तीन स्तरको बेन्चमार्क सेट गरेको छ, जसको आधारमा स्टकको विकल्प दिइनेछ । पहिलोः मार्केट शेयरमा हिस्सेदारी, दोस्रोः ईबिआइटिको मार्जिनमा वृद्धि र तेस्रोः क्याशफ्लो ।
छानिएका कर्मचारीहरूले यस वित्तीय वर्षको दोस्रो क्वार्टरबाट लाभ पाउने छन् । यो प्रस्ताव शेयर होल्डरद्घारा पास गराउनको कम्पनीको एजीएममा राखिएको छ ।
कम्पनी यस वर्ष भारतीय बजारमा ६ वटा विद्युतीय गाडी लञ्च गर्ने तयारी गरेको जनाएको छ । यी गाडीहरुका लागि भारतको केही शहर र राष्ट्रिय राजमार्गहरुमा चार्जिङ स्टेशन पनि निर्माण गर्नेछ । प्रीमियम सेग्मेन्टमा, कम्पनीले नयाँ मोडेलहरू ल्याउनेछ ।