टाटाको ७ हजार ईभी नेपाली सडकमा, कुन वर्ष कति आयो ?

काठमाडौं । सिप्रदी ट्रेडिङ नेपालमा ७ हजार युनिट विद्युतीय कार (ईभी) आयात पूरा गर्ने पहिलो कम्पनी बनेको छ ।

भारतीय ब्राण्ड टाटाले उत्पादन गरेको विद्युतीय कार सन् २०२१ देखि नेपाल ल्याउन थालेको सिप्रदीले ४ वर्षको अवधिमा ७ हजार ८१ युनिट विद्युतीय कार आयात गरेको हो ।

कम्पनीले सन् २०२१ मा नेक्सन ईभी ल्याएर विद्युतीय एसयूभी बिक्री थालेको थियो । त्यसपछि कम्पनीले टिगोर ईभी, एक्सप्रेस-टी, टिगोर ईभी, पन्च ईभी हुँदै कर्भ ईभीसम्मका उत्पादन बजारमा ल्याइसकेको छ ।

टाटाले यस दौरान नेक्सन ईभी, एक्सप्रेस-टी (ट्याक्सीको रूपमा), टियागो ह्याचब्याक र पन्च ईभी माइक्रो एसयूभी सेग्मेन्टमा ल्याएर बिक्री गरेको हो । जसमा नेक्सन र टियागोको सफलता लोभ लाग्दो देखिन्छ ।

केही महिना अगाडि मात्रै बिक्री सुरू भएको पन्च ईभी पनि बजारमा राम्रो संख्यामा उपलब्ध मोडल हो । भर्खरै मात्र नेपाल आएको कर्भ ईभी भने ठूलो संख्यामा आइसकेको छैन ।

प्यासेन्जर कारमा टप ब्राण्ड

ईभीकै कारण टाटा नेपाली बजारमा टप ब्राण्ड बन्न सकेको देखिन्छ । विगतमा धेरै जस्तो वर्ष तेस्रो वा चौथो स्थानमा रहेको टाटालाई ईभीले पहिलो र दोस्रो बन्ने अवस्थामा ल्यायो ।

सन् २०२३ मा पहिलो भएको कम्पनी २०२४ मा दोस्रो भयो । बिक्री संख्यामा ठूलो गिरावट आएर टाटा दोस्रो भएको होइन । अर्को कम्पनीले बिक्री बढाउँदा टाटा दोस्रो भएको थियो । सन् २०२५ लाखेसँगै अहिलेसम्मको आयातमा पनि टाटा पहिलो स्थानमै छ ।


Back_to_top