काठमाडौं । ‘भारत एनक्याप’को पहिलो परिक्षणबाट टाटा मोटर्सले बिक्री गर्दै आएको ह्यारीयर र सफारी मोडलले ५ स्टार रेटिङ पाउन सफल भएको छ । भारतमा सुरु भएको एनक्याप टेस्टमा टाटाका दुई एसयूभी सफल भएका हुन् ।
भारत एनक्यापले डिसेम्बर १५ तारिख अगाडि यसको क्र्यास टेष्ट गरेको थियो । टाटाका यी दुबै एसयूभीले एडल्ट प्यासेन्जर सुरक्षामा ३२ मा ३०.०८ अंक पाएको हो । चाइल्ड प्यासेन्जर सुरक्षामा भने ४९ मा ४४.५४ आंक पाएका छन् । समग्रमा दुबै एसयूभीले ५ स्टार रेटिङ पाएका हुन् ।
टाटाको आधिकारीक बिक्रेता सिप्रदी ट्रेडिङले यी दुबै मोडल नेपाली बजारमा उपलब्ध गराएको छ । टाटा ह्यारीयर नेपालमा ‘एच–५’ नामबाट उपलब्ध छ । सफारी भने सफारी नेम प्लेटमा नै नेपालमा किन्न पाइन्छ ।



