तीन दिन चल्ने टाटाको ‘न्यु ह्वीलस्, न्यु डिल्स’ कार्यक्रम, ईभीमा अफरै-अफर

काठमाडौं । नयाँ वर्ष २०२५ को अवसर पारेर नेपालका लागि टाटा मोटर्सको अधिकारिक वितरक सिप्रदी ट्रेडिङले पुस २६ गते शुक्रबारदेखि २८ गते आइतबारसम्म ‘न्यु ह्वीलस्, न्यु डिल्स’ नामक कार्यक्रम आयोजना गर्दैछ ।

यस कार्यक्रममा टाटा मोटर्सले नेपालमा बिक्री गर्दै आएको र अत्याधिक रुचाइएको टियागो ईभी र पन्च ईभीको हरेक बुकिङ्गमा छुटसँगै आकर्षक उपहार प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।

कम्पनीले आयोजना गरेको यो एक्सचेन्ज क्याम्प हो । जहाँ जुनसुकै ब्राण्डका पुराना गाडीहरुसँग आकर्षक डिल्समा टियागो ईभी र पन्च ईभी साट्न सकिने छ । आकर्षक एक्सचेन्ज बोनस दिइने कार्यक्रममा आएर गाडी किन्ने ग्राहकहरुले सिप्रदीको चार्जिङ्ग नेटवर्कमा लाइफ टाइम निःशुल्क चार्जिङ्ग सुविधा पाउने छन् ।

यसका अलावा निःशुल्क इम्बोस्ड नम्बर प्लेट, १ वर्षको सवारी कर र एक्सेसरिज पनि दिने कम्पनीले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । ‘न्यु ह्वीलस्, न्यु डिल्स’ स्कीम टाटा मोटर्सको देशभर रहेका शोरुमहरुमा लाग्नेछ ।

यस कार्यक्रममा सहभागि हुनेले टाटा मोटर्सको नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरु अवलोकन तथा टेष्ट ड्राइभ गर्न सक्नेछन् ।


Back_to_top