३२ लाखको क्रसओभर कार, सुरक्षा र माइलेजमा उत्कृष्ट

काठमाडौं । अहिले नेपालमा विक्री भइरहेको क्रसओभर मोडल औंलामा गन्न सकिने संख्यामा उपलब्ध छ । विशेषगरी क्रसओभर कारमा सर्वाधिक रुचाइएको मोडल आई २० एक्टीभको उत्पादन बन्द भएसँगै केही समय फोर्ड फ्रिस्टाइलले एक छत्र राज गर्न सफल भएको थियो । अब फ्रिस्टाइल पनि नेपाल नआउने पक्का भएको छ । हो यही सेग्मेन्टमा परिमार्जित टाटा एनआरजी प्रबेश गरेको छ ।

सन् २०२१ मोडलको रुपमा बजारमा आएको टाटा एनआरजीमा हेडलाइट र फन्ट ग्रिल दुवै ठूलो साइजमा दिइएको छ । ब्ल्याक रुफ, ब्ल्याक मिरर, ब्ल्याक बम्पर र ह्वीलको क्याब पनि ब्ल्याक नै प्रयोग भएकाले यसको लुक्स निकै स्टाइलिस छ । ब्ल्याक फिनिस कै कारण एनआरजी स्पोर्टी लाग्छ ।

नेपालको लागि उपयोगी हुने १८१ एमएमको ग्राउन्ड क्लियरेन्स यसमा पाउन सकिन्छ । एनआरजीमा १५ इन्चको टायर, युजर-फ्रेन्ड्ली ड्यासबोर्ड, हाइट मिलाउन मिल्ने स्टेरिङ ह्वील र ग्लोबल एनक्याप क्र्यास टेष्टमा ४ स्टार रेटिङ कारको सबल पक्ष हुन् ।

आरमदायी सिट, हर्मनको साउन्ड सिस्टम, २ सय ४२ लिटरको बुट स्पेश, १.२ लिटरको पेट्रोल इन्जिन र ५ स्पीड एमटी र एमएमटी दुई गियरबक्स अप्सन ग्राहकले यसमा पाउने छन् । शहरी क्षेत्रमा १२ देखि १५ र राजमार्गमा १५ देखि २० किमि प्रतिलिटर माइलेज दिने एनआरजी निकै किफायती क्रसओभर हो । नेपाली बजारमा यसको मूल्य ३१ लाख ९६ हजार रुपैयाँ रहेको छ ।


Back_to_top