राइडर किन्ने ग्राहकले ९९ हजार डाउन पेमेन्ट गर्दा व्याज तिर्नु नपर्ने

काठमाडौं । टीभीएसको पछिल्लो उत्पादन राइडरको बुकिङ खुल्ला भएको छ । टीभीएको आधिकारीक वितरक जगदम्बा मोटर्सले राइडर १२५ नेपालमा बुकिङ खुल्ला गरेको हो ।

नयाँ मोटरसाइकलको मूल्य २ लाख ४७ हजार ९०० रुपैयाँ निर्धारण गरिएको छ । कम्पनीले मूल्यको ४० प्रतिशत डाउन पेमेन्ट गर्ने ग्राहकलाई व्याज नलाग्ने स्कीम दिने जनाएको छ । यसरी व्याज नलाग्ने स्कीममा राइडर १२५ किन्ने ग्राहकले डाउन पेमेन्ट वापत ९९ हजार १६० रुपैयाँ तिर्नु पर्छ भने १ लाख ४८ हजार ७४० रुपैयाँ १८ महिना भित्र चुक्ता गर्नु पर्ने हुन्छ । यसरी राइडर खरिद गर्दा ग्राहकले ८ हजार २६३ रुपैयाँ मासिक किस्ता तिर्नु पर्ने हुन्छ ।

यस्तो छ राइडर १२५

राइडर १२५ को लम्बाई २०८० एमएम, चौडाई ७६७ एमएम र उचाई १०२८ एमएम रहेको छ भने ग्राउन्ड क्लियरेन्स १८१ एमएम पाउन सकिन्छ । १३२६ एमएमको ह्वील वेस रहेको मोटरसाइकलमा ७८० एमएमको सिट हाइट, १० लिटर क्षमताको इन्धन ट्यांक र १७ इन्चको अलोय ह्वील पाउन सकिन्छ ।

यो मोटरसाइकलमा १२४.५ सीसी क्षमताको सिंगल सिलिण्डर, आयलकुल्ड इन्जिन दिएको छ । उक्त इन्जिनले अधिकतम ८००० आरपीएममा १२.९ पीएस पावर र ६५०० आरपीएममा ११.५ एनएम टर्क प्रदान गर्छ । ५ स्पीड गियरबक्समा उपलब्ध यो मोटरसाइकलले ०-६० किलोमिटरको स्पीड केवल ५.९ सेकेन्डमा भेट्टाउने छ ।

अपाचे आरटीआर १६० फोर भीबाट प्रेरित विक्ड स्टाइलिङ एलइडी हेडल्याम्प, सि आकारको एलइडी डे टाइम रनिङ लाइट, यूनिक एलइडी टेलल्याम्प, एलसीडी इन्ट्रुमेन्ट क्लष्टर राइडरमा उपलब्ध छ ।

फराकिलो स्प्लीट सिट, सिंगल पिस ग्राबरेल, आल्मुनियम अलोय ह्वील, रबर ब्रेक प्याडल, सार्प बडी लुक्स, राइडर थ्रिडी लोगो, थ्रिडी हर्स लोगो, मस्कुलर फ्यूल ट्यांक, अपराइट ह्याण्डलबार, अगाडि २४० एमएमको पेटल डिस्क ब्रेक, पछाडि १३० एमएमको ड्रम ब्रेक, अगाडि टेलिस्कोपीक फर्क र पछाडि मोनोशक सस्पेन्सन दिइएको छ ।

 


Back_to_top