रोयल इनफिल्डको ‘द पिकनिक स्पेशल’ र ‘वर्थ अफ द बुलेट’ सार्वजनिक

काठमाडौं । रोयल इनफिल्डले दूई नयाँ हेलमेट सार्वजनिक गरेको छ । कम्पनीले आफ्नो १२० औ एनिभर्सरिको अवसरमा दूई नयाँ हेलमेट सार्वजनिक गरेको हो ।

रोयल इनफिल्डको स्थापनाको अवसर पारेर कम्पनीले ‘द पिकनिक स्पेशल’ र ‘वर्थ अफ द बुलेट’ नामक दूई हेलमेट सार्वजनिक गरेको हो । यी मोडलको हेलमेट अक्टोवरको अन्तिमदेखि विक्री सुरु हुने कम्पनीले जनाएको छ ।

पिकनिक स्पेशल

आइएसआई, डिओटी र ईसीई सटिफाइड प्राप्त पिकनिक स्पेशल फुल हेलमेट रहेको छ । सुरक्षाका लागि यसमा स्वास डिफ्लेक्टर, नेक कटन र डि रिगंको प्रयोग गरिएको छ । आरमदायी राइडको लागि यसमा एयर भेन्टिलेर तथा रियरमा तातो हावा बाहिर जाने एयर रिमुभरसमेत रहेको छ । यसमा एन्टी फग तथा सन फाइजर गरि दूई भाइजर उपलब्ध रहेको छ । यसको मूल्य कम्पनीले ८ हजार ४५० भारतीय रुपौयाँ निर्धारण गरेको छ ।

वर्थ अफ बुलेट

कम्पनीले वर्थ अफ बुलेटलाई हाफ हेलमेटको रुपमा ल्याएको छ । यो हेलमेट आईएसआई, डिओटी र ईसीई सटिफाइड रहेको छ । यो हेलमेटमा फेस कभरिङ बबल भाइजर रहेको छ । यो हेलमेटमा कम्पनीले प्रिमियम लेदरको प्रयोग गरेको छ । यो हेलमेटको बाहिरी आवरण फाइवरग्लासको प्रयोग गरिको छ । यो हेलमेटको मूल्य ६ हजार ९५० रुपैयाँ रहेको छ ।

यी दुबै हेलमेटमा हातले प्रिन्ट गरिएको छ । यसमा मोटसाइकलको इतिहाँस झल्काउने प्रकारको पेन्ट गरिएको छ ।


Back_to_top