काठमाडौं । भारतीय इलेक्ट्रीक कारको सबैभन्दा ठूलो खेलाडी टाटाले पन्च माइक्रो एसयूभीलाई इलेक्ट्रीकमा ल्याउने तयारी अन्तिम चरणमा पुर्याएको रिपोर्टहरु बाहिर आएका छन् ।
भारतको ईभी बजारमा ८० प्रतिशत बजार हिस्सा कब्जा गर्न सफल टाटाले टियागोपछि पन्च ईभी बजारमा ल्याउन लागेको हो । टियागो ईभी यही जनवरीबाट विक्री सुरु हुँदैछ ।
टाटाले ईभीको लागि डेडिकेटेड स्केटबोर्ड प्लेटफर्मको विकास गरिरहेको छ । तर, कम्पनीले सुरुमा अल्फा प्लेटफर्ममा बनेका कारमा जीपट्रोन प्रविधि प्रयोग गरेर ईभी ल्याइरहेको छ ।
हालै सार्वजनिक भएको मिडिया रिपोर्टका अनुसार टाटा पन्चमा दुई किसिमको ब्याट्री प्याकमा उपलब्ध हुनेछ । यसलाई कम्पनीले स्टायडर्ड र लङ रेन्ज गरी २६ किलोवाट आवर र ३०.२ किलोवाट आवरको ब्याट्रीमा ल्याउने छ । टाटा नेक्सनमा पनि ३०.२ किलोवाटको ब्याट्री रहेको छ ।
पन्च ईभीको एक्टेरियरमा पनि टाटाले अन्य इलेक्ट्रीक कारमा जस्तै सिग्नेचर स्टाइलिङ दिनेछ । कलर भने फरक किसिमको दिने छ । इन्टेरियरमा पनि अन्य ईभीमा जस्तै फरक देखाउन एसी भेन्ट र सिटकभरको सिलाईमा निलो रंगको प्रयोग गर्नेछ ।
टाटा पन्च ईभीमा अटोमेटिक क्लाइमेट कन्ट्रोल, ७ इन्चको टचस्कृन इन्फोटेन्मेन्ट सिस्टम, पुस बटम स्टार्ट स्टप, कु्रज कन्ट्रोल, इलेक्ट्रीक ओआरभीएम, डिजिटल इन्ट्रुमेन्ट क्लस्टर जस्ता फिचर पाउन सकिन्छ ।
यसका अलावा कनेक्टीभीटी फिचरहरुको रुपमा लोकेसन ट्रयाकिङ, रिमोट जियो फेन्सीङ, रियल टाइम चार्जिङ स्टाटस, रिमोट भेहिकल हेल्थ डायनोसिस, चार्जिङ लोकेसन मोवाइलबाटै प्रयोग गर्न सकिनेछ ।
सेफ्टीको लागि डिउल एयरव्याग, इबीडी सहितको एबीएस ब्रेकिङ सिस्टम, टायर प्रेसर मोनिटरीङ सिस्टम, डाइनामिक गाइड लाइन सहितको रिभर्स पार्किङ क्यामरा, फलोमी होम हेडल्याम्प रहने छ ।
नेक्सनभन्दा सानो साइज र केही कम फिचरको साथ बजारमा आउने यो माइक्रो एसयूभीको मूल्य पनि नेक्सनभन्दा कम हुनेछ ।

