टाटा सफारी ‘गोल्ड एडिसन’ सार्वजनिक, यस्ता छन् विशेषता

काठमाडौं । टाटाले नयाँ सफारी लन्च गरेको ६ महिना नपुग्दै सफारीको ‘गोल्ड एडिसन’ सार्वजनिक गरेको छ । टाटाले एचफाइभको प्लेटफर्ममा बनेको सफारी गोल्ड एस सात सिटर एसयूभी हो ।

टाटाले नयाँ सफारी गोल्डमा धेरै कस्मेटीक परिवर्तन गरेको छ । सफारी गोल्डको अगाडि ग्रिलमा रहेको ट्राइएरो सेप र हेडलाइटको वरिपरि दिइएको गोल्डेन कलरले यसलाई पृथक देखाएको छ ।

साथै, सफारीको सिग्नेचर रुफरेल, डोर ह्याण्डल तथा टेलगेटमा समेत गोल्ड कलरको ब्राण्डिङ पाउन सकिन्छ । त्यसैगरी, लोगो, सफारी व्याजिङ, डोर ह्याण्डल, एसिभेन्ट तथा स्टेरिङ ह्वीलमा समेत गोल्डेन कलरको प्रयोग गरिएको छ ।

यसमा सबभन्दा ठूलो परिवर्तन १८ इन्चको अलोय ह्वील पूरा कालो रंगमा दिएको छ । साथै, यसको ड्यासबोर्डमा समेत नयाँ खालको मार्वल फिनीसीङ पाउन सकिन्छ । यसमा ६ वटा सिट दिइएको छ । टाटाले सेग्मेन्टमा नै पहिलो पटक अगाडि तथा सेकेन्ड रोको क्याप्टेन सिटमा समेत भेन्टीलेटेड सिट दिएको छ ।

सबै सिटको हेडरेस्टमा गोल्ड एडिसनको लोगो रहेको छ । यसमा क्यूआई सर्टिफाइड वायरलेस चार्जिङ, एण्ड्रोएड अटो र एप्पल कार प्ले सपोर्ट गर्ने टचस्कृन इन्फोटेन्मेन्ट सिस्टम रहेको छ ।

सफारी गोल्ड एडिसन मात्र दुई कलर अप्सन कालो र सेतोमा उपलब्ध हुनेछ । २.० लिटर क्षमताको इन्जिन रहेको सफारी गोल्ड म्यानुअल र अटोमेटिक दुबै गियरबक्समा उपलब्ध हुनेछ ।


Back_to_top