अब ट्रायल पास हुने बित्तिकै लाइसेन्स पाइने

काठमाडौं । अब लिखित तथा ट्रायलमा पास हुने बित्तिकै ड्राइभिङ लाइसेन्स पाइने भएको छ । गण्डकी प्रदेशले ट्रायल पास हुनासाथ तुरुन्त लाइसेन्स दिने व्यवस्था गर्ने भएको हो ।

यातायात व्यवस्था कार्यालय, पोखराले ट्रायल पास हुने सबै परीक्षार्थीलाई तत्काल लाइसेन्स दिने व्यवस्थाको तयारी गरेको छ ।

असोज १५ देखि सेवाग्राहीलाई वितरण गरिने यातायात व्यवस्था कार्यालय, पोखराका सूचना अधिकारी प्रेमप्रसाद श्रेष्ठले मेरोअटोलाई बताए ।

उनका अनुसार यही भाद्र २७ गतेखेदि ट्रायल पास भएकाहरुलाई पनि अब लाइसेन्स उपलब्ध गराइने छ । भदौ २७ देखि असोज १३ सम्मको ट्रायलमा उत्तीर्ण भएकालाई पहिलो लटमा स्मार्ट कार्ड वितरण गरिने उनले बताए ।

योसंगै अब ट्रायल पास भएका सेवाग्राहीले राजस्व तिर्नासाथ अस्थायी लाइसेन्स प्रिन्ट गरेर दिइने छ । यसअघि ट्रायल पास भएर पनि लामो सयमसम्म लाइसेन्सविहीन हुनुपर्ने बाध्यता थियो । साथै, पास भएकाहरु राजस्व तिरेको चिटको भरमा सावरीसाधन चलाउँदै आएका थिए ।

 


Back_to_top