काठमाडौं । भाटभटेनी सुपरमार्केटका सपिङ गर्ने ग्राहकले टाटाको टिगोर पेट्रोल कार जित्ने अवसर पाउने भएका छन् ।
टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ र भाटभटेनीको सहकार्यमा ग्रेट भाटभटेनी कार्निभल कार्यक्रम मार्फत ग्राहकले टिगोर कार पाउने भएका हुन् ।
दशैं, तिहार र छठ पर्वको अवसरमा भाटभटेनीमा २ हजार ५०० रुपैयाँको सामान किन्दा ग्राहकले लक्की ड्रमार्फत टाटा टिगोर जित्न सक्नेछन् ।
यो अफर असोज २८ गतेदेखि पुस २५ गतेसम्म भाटभटेनीका देशभरका २६ वट शाखामा सञ्चालन हुनेछ । योजनाको विजेता आगामी जनवरी पहिलो साता गरिने छ ।
टाटा टिगोर १.२ लिटर रिभोट्रन पेट्रोल इन्जिनमा निर्मित उत्कृष्ट गाडी हो । यसमा उच्च सुरक्षा, आरामदायी र अत्याधुनिक किसिमको ईन्फोटेन्मेन्ट सुविधाहरू रहेका छन् ।


