टाटाको भ्यालेनन्टाइन अफर ३ दिन चल्ने, यस्ता छन् फाइदा

काठमाडौं । नेपालका लागि टाटा मोटर्सको अधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रालिले भ्यालेन्टाइन एक्सचेन्ज कार्यक्रम ‘एक्सचेञ्ज वीद लव’को आयोजना गर्ने भएको छ । कम्पनीले यहि माघ २७ गते शुक्रबारदेखि ३ दिनसम्म आयोजना गर्न लागेको हो ।

यस कार्यक्रममा जुनसुकै ब्राण्डका पुराना गाडीहरुसँग नेपालमा सर्वाधिक रुचाइएका टाटाका अत्याधुनिक प्रविधियुक्त नेक्सन ईभी र टियागो ईभी लगायतका गाडीहरु साट्न सक्नेछन् ।

‘ग्राहकको परिवर्तित जीवनशैली र अत्याधुनिक सवारी प्रतिको रुची र चाहनाहरुलाई मध्यनजर गर्दै यस कार्यक्रमको आयोजना गरिएको हो’, कम्पनीले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

उपत्यकाभित्र टाटा मोटर्सको शोरुम थापाथली, राधेराधे भक्तपुर, वेष्टर्न मोटर्स महाराजगंज र जे.बी. मोटर्स बालकुमारीको साथै, उपत्यका बाहिर रुद्रप्रिया इन्टरनेशनल नेपालगंज लगायत नेपालभरी रहेका टाटाका शोरुमहरुमा आयोजना गर्न लागिएको कम्पनीले जनाएको छ ।

यस एक्सचेञ्ज वीद लव कार्यक्रममा गाडी किन्ने ग्राहकहरुले आकर्षक एक्सचेन्ज बोनस, निःशुल्क फास्ट चार्जर, १ वर्षको सवारी कर, एक्सेसरिज, सरप्राइज गिफ्ट र बम्पर उपहारमा आइफोन १५ प्राप्त गर्नेछन् । यस कार्यक्रमको मुख्य उद्देश्य भनेको ग्राहकलाई खेल तथा मनोरञ्जन मार्फत नौलो अनुभुति गर्दै गाडी किन्ने फरक एक्सपेरियन्स प्रदान गर्नु हो ।

यस कार्यक्रमको अबसरमा ग्राहक महानुभावहरुले टाटा मोटर्सको नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादन अवलोकन तथा टेष्ट ड्राइभ गर्न सक्नुहुनेछ । साथै, नयाँ गाडी खरिद गरेर भरपुर फाईदा उठाउनु हुन कम्पनीले अनुरोध गरेको छ ।


Back_to_top