किन घट्यो टेस्लाको उत्पादन, पुरा होला वार्षिक लक्ष्य

काठमाडौं । अमेरिकी इलेक्ट्रीक भेहिकल निर्माता कम्पनी टेस्लाले सन् २०२३ को तेस्रो क्वाटरमा अनुमान अनुसार कार बिक्री गर्न सकेन । कम्पनीले तीन महिनामा राखेको लक्ष्यभन्दा ६.६७ प्रतिशत कम कार बिक्री गरेको हो ।

अमेरिकी कम्पनी टेस्लाले विश्व बजारमा सन् २०२३ को तेस्रो क्वाटरमा ४ लाख ३५ हजार ५९ यूनिट कार बिक्री गरेको छ । कम्पनीको लक्ष्य भने ४ लाख ५६ हजार ७२२ यूनिट थियो ।

कम्पनीले आफ्नो लक्ष्यभन्दा कम कार ग्राहकलाई डेलिभरी हुनुमा फ्याक्ट्री अपगे्रड चलिरहेको कारण उत्पादनमा केही कटौति गर्नु परेको जनाएको छ । अब फ्याक्ट्री अपग्रेडको काम सकिएको कारण वार्षिक लक्ष्य परिमार्जन गर्नु नपर्ने कम्पनीको दावी छ ।

टेस्लाले सन् २०२३ मा १८ लाख विद्युतीय कार बिक्री गर्ने लक्ष्य लिएको छ । कम्पनीले ९ महिनामा १३ लाख २४ हजार ७४ यूनीट कार डेलिभरी गरिसकेको कारण बाँकी ३ महिनामा लक्ष्य भेट्टाउने योजना बनाएको हो ।

टेस्लाले वार्षिक लक्ष्य भेट्टाउन अबको ३ महिनामा ४ लाख ७५ हजार ९२६ यूनिट कार बेच्नु पर्ने हुन्छ । जुन प्रति महिना १ लाख ५८ हजारभन्दा केहि धेरै हो ।


Back_to_top