काठमाडौं । सरकारले केरुङ-काठमाडौं र रक्सौल–काठमाडौं रेलमार्गको अध्ययन अघि बढाउने घोषणा गरेको छ ।
सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् ।
त्यस्तै, उनले पूर्वपश्चिम विद्युतीय रेलमार्ग निर्माणलाई निरन्तरता दिइने बताए ।
‘पूर्व-पश्चिम विद्युतीय रेलमार्गको निर्माणलाई निरन्तरता दिई केरुङ-काठमाडौँ तथा रक्सौल-काठमाडौं रेलमार्गको लगानी मोडालिटी लगायतका विषयमा अध्ययन अघि बढाइनेछ,’ नीति तथा कार्यक्रममा भनिएको छ ।


