काठमाडौं । सरकारले सवारी दुर्घटना न्यूनीकरण गर्न सवारी साधनको गतिमा कडाइ गर्ने भएको छ ।
सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।
उनले सडक दुर्घटना न्यूनीकरणका लागि जीपीएस ट्रयाकिङ, एआइमा आधारित ट्राफिक क्यामेरा, डिजिटल जरिवाना प्रणाली र गति नियन्त्रण कडाइका साथ लागू गरिने बताए ।
त्यस्तै, पैदल तथा साइकल यात्रुका लागि सुरक्षित पूर्वाधार निर्माण गर्ने, सार्वजनिक यातायातमा महिलाको सुरक्षित पहुँच सुनिश्चित गर्ने बताए ।
त्यस्तै, सरकारले काठमाडौँमा बस र्यापिड ट्रान्जिट (बीआरटी) को विस्तृत डिजाइन र कार्यान्वयन प्रक्रिया सुरु गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।


