काठमाडौं । भदौ २४ गतेबाट दशैंको टिकेट बुकिङ खुल्ला हुने भनिएपनि ब्यवसायी र यातायात ब्यवस्था विभाग कुरा नमिल्दा खुल्न सकेको थिएन । अब भने असोज ५ गतेदेखि बिक्री खुल्ला हुने भएको छ ।
यातयात व्यवस्था विभागमा आइतबार भएको छलफलमा व्यवसायीले माग गरेको भाडा समायोजन र समितिहरुको बैंक खाता खोल्नुपर्ने शर्तमा बिभाग लचिलो बनेसँगै यातयात व्यवसायी अग्रिम टिकट खोल्न सहमत भएका हुन्।
अब विभागले बैक खाता खोल्न सम्वन्धित निकायलार्इ पत्र पठाएर सहजीकरण गर्ने भएको छ भने, चाडृपर्वपछि भाडा बढाउने विषयमा छलफल गर्ने भएको छ ।
यातायात व्यवस्था विभागका अनुसार असोज ४ गतेभित्र काउन्टर राख्ने र अनुगमनको मोडालिटी तयार पार्ने बताइएको छ ।
उता, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले भने सरकारले आफुहरुको माग पूरा गर्ने प्रतिवद्धता जनाएपछि टिकट खोल्न सहमत भएको जनाएको छ ।

