काठमाडौं । नेपाली बजारमा ह्याचव्याक कारको बिक्री निकै राम्रो रहेको छ । सानो परिवारको लागि उपयुक्त मानिने ह्याचव्याक कारलाई धेरैले अफिसियल कार पनि भन्ने गरेका छन् ।
सानो साइज, कम क्षेत्रफलमा पार्किङ गर्न सकिने, कम संचालन खर्च, सस्तो सर्भिस शुल्क र आकर्षक डिजाइनको कारण ह्याचव्याक कारको बिक्री नेपालमा बढी रहेको छ ।
विशेषत साना सेकेन्ड ह्याण्ड कारबाट अपग्रेड हुने, इन्ट्री लेवल ह्याचव्याक कार चढिसकेका मानिसको रोजाईमा मिड लेवलका ह्याचव्याक कारहरु पर्ने गरेका छन् ।
अहिले बजारमा ३० लाख मूल्यमा उत्कृष्ट ह्याचव्याक कार किन्न सकिने अवस्था रहेको छ । हुन्डाई, टाटा, सुजुकी र फक्सवागनका ह्याचव्याक कारहरु धेरै बिक्री हुने गरेका छन् ।
यो सेग्मेन्टमा उपलब्ध यी ४ ब्राण्डका हुन्डाई ग्राण्ड आई १० र नियोस, सुजुकी स्वीफ्ट, टाटा टियागो र फक्सवागन पोलो ग्राहकको उपयुक्त छनोट हुन सक्छ ।

यी ५ वटै मोडल नेपालमा पेट्रोल इन्जिनमा उपलब्ध रहेका छन् । ग्राण्ड आई १० र नियोस, स्वीफ्ट तथा टियागोमा समान १.२ लिटर इन्जिन दिइएको छ भने, पोलोमा १.० लिटर इन्जिन दिइएको छ ।
पावरमा सबैभन्दा अगाडि टाटा टियागो रहेको छ । यसमा रहेको इन्जिनले ६००० आरपीएममा ८४.४८ बीएच पावर प्रदान गर्छ भने ग्राण्ड आई १० तथा नियोस र स्वीफ्टले समाना ८१.८ बीएच पावर प्रदान गर्छ । पोलोमा इन्जिन नै केही कम क्षमताको रहेकाले ७५ बीएच पवार प्रदान गर्छ ।
यी सबैै कारमा लगभग समान बुट स्पेश रहेको छ । पोलोमा ४५ लिटर, ग्राण्ड आई १० मा ४३ लिटर, स्वीफ्टमा ३७ लिटर र टियागोमा ३५ लिटर क्षमताको इन्धन ट्याङ्की दिइएको छ ।

यी ५ वटै कारमा पावर स्टेरिङ, लो फियूल वार्निङ लाइट, पावर आउटलेट, अगाडि कप होल्डर, गियर सिफ्ट इन्डिकेटर, एयर कन्डिसनर, हिटर जस्ता समान आरामदायी फिचर रहेका छन् । आरमदायी फिचरको मामलामा टाटा टियागो फिचर लोडेड रहेको छ ।
सुरक्षा फिचरको कुरा गर्दा यी सबै कारमा एबीएस उपलब्ध रहेको छ । यी सबै कारमा दुई एयरव्याग, सेन्टर लकिङ, चाइल्ड सेफ्टी लक जस्ता समान फिचर उपलब्ध रहेको छ । यसका अलावा यी कारमा एड्जस्टेवल सिट, इन्जिन इमोविलाइजर, क्र्यास सेन्सर, इन्जिन चेक वार्निङ उपलब्ध रहेको छ । पोलोमा बाहेक अन्य तीन वटै कारमा इबीडी, सिट बेल्ट वार्निङ जस्ता फिचर दिइएको छ ।
नेपाली बजारमा उपलब्ध यी ५ वटै गाडी आ–आफ्नो ब्राण्डमा सफल मोडल हुन् । नेपालमा ग्राण्ड आई १० दुई भेरियन्टमा उपलब्ध रहेको छ । यसको मग्ना भेरियन्टको मूल्य ३० लाख ५६ हजार र स्पोर्टज् भेरियन्टको मूल्य ३२ लाख ९६ हजार रुपैयाँ रहेको छ ।

हुन्डाईको आधिकारीक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ग्राण्ड आई १० नियोस ३ भेरियन्टमा उपलब्ध रहेको छ । यसको मग्ना भेरियन्टको मूल्य ३० लाख ९६ हजार, मग्ना अटोमेटिक भेरियन्टको ३३ लाख ९६ हजार र स्पोर्टज् भेरियन्टको मूल्य ३३ लाख ९६ हजार रुपैयाँ तोकिएको छ । कम्पनीले दशैं तिहार स्कीममा नगद छुट, स्क्र्याच कार्ड र स्वास्थ्यकर्मीको लागि २५ हजार बराबरको सर्भिस भौचर उपलब्ध गराउँदै आएको छ ।
मारुती सुजुकीको आधिकारीक बिक्रेता सिजी मोटोकर्पले बिक्री गर्दै आएको स्वीफ्टका विभिन्न २ भेरियन्ट नेपालमा बिक्री हुँदै आएको छ । कम्पनीले यसको भीएक्सआईको मूल्य ३० लाख ९९ हजार र जेडएक्सआई भेरियन्टको ३३ लाख ९९ हजार रुपैयाँ तोकेर बिक्री गर्दै आएको छ ।

सुजुकीले दशैं तिहार अफर अन्तर्गत स्वीफ्टमा नगद छुट, १ लाख ५० हजारसम्मको एक्सचेन्ज बोनस र केहि एसोशरिज दिने जनाएको छ ।
त्यसैगरि सिप्रदी ट्रेडिङले बिक्री गर्दै आएको टाटा टियागो विभिन्न ५ भेरियन्टमा बिक्री गर्दै आएको छ । टियागो एक्सई भेरियन्टको मूल्य २४ लाख ९९ हजार, एक्सएम भेरियन्टको २८ लाख ५५ हजार, एक्सजेड भेरियन्टको ३० लाख ९९ हजार र टियागो एनआरजीको ३१ लाख ९९ हजार रुपैयाँ मूल्य कायम गरेर बिक्री वितरण गर्दै आएको छ । टाटाले ३ लाखसम्म नगद छुट लगायतका अफर दिदै आएको छ ।
फक्सवागनको आधिकारीक वितरक पूजा इन्टरनेशनलले पोलो टिएल प्लसको २९ लाख ४५ हजार, सिएल भेरियन्टको ३१ लाख ९५ हजार, एमएल भेरियन्टको ३५ लाख ४५ हजारमा बिक्री गर्दै आएको छ ।
पोलोको टिएसआई इन्जिन युक्त मोडलको पनि नेपालमा बिक्री सुरु भइसकेको छ । कम्पनीले पनि दशैं तिहार अफरमा नगद छुट लगायतका अफर दिइरहेको छ ।


