टोटल इनर्जीको रिटेलर मिट सम्पन्न

काठमाडौं । इनर्जीको रिटेलर मिट सम्पन्न भएको छ । लक्ष्मी ल्युब आयल र चाबहिल जोरपाटी एरियाको टोटल इनर्जीको आधिकारिक बिक्रेता शकर यमुना अटो पार्टसको सहकार्यमा फागुन ११ गते उक्त मिट सम्पन्न भएको हो ।

शंकर यमुना अटो पार्टसका म्यानेजिङ्ग डाइरेक्टर शंकरराज कारजितको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा काठमाडाैंका १५० जनाभन्दा बढी रिटेलरहरूको उपस्थिति रहेको थियो ।

टोटल इनर्जी इन्डियाका पुरुषोतमन एमएसले सहभागीलाई टोटलमा उपलब्ध प्रेडक्ट रेन्ज र यसका विशेषताका बारेमा जानकारी गराएका थिए ।

नाटुका पूर्व अध्यक्ष माधव पाण्डेले कमसल गुणस्तरका लुब्रिकेन्टको कारोबार बढ्दै गएको अवस्थामा गुणस्तरीय लुब्रिकेन्ट कारोबार गर्ने व्यवसायीलाई चुनौती थपिएको बताए । उनले आम बिक्रेता र उपभोक्तहरूलाई गुणस्तरीय लुब्रिकेन्टको प्रयोग र बिक्री वितरण गर्न सुझाव दिए ।

लक्ष्मी ल्युब आयलका सेल्स मेनेजर उमेश घिमिरेले लक्ष्मी ग्रुपको साथै लक्ष्मी ल्युब आयलको बारेमा सहभागीलाई जानकारी गराएका थिए ।


Back_to_top