पाँच महिना भित्र आउँदै टोयोटा ‘एफजे क्रुजर’

काठमाडौं । विश्वकै ठूलो कार निर्माता कम्पनी टोयोटाले एशियाली बजारलाई मध्यनजर गर्दै नयाँ एसयूभी बजारमा ल्याउने अन्तिम तयारी गरेको छ । कम्पनीले सन् २०२५ को नोभेम्बरबाट यसको उत्पादन थाल्ने भएको हो ।

उत्पादन सुरु भएको अर्को महिना डिसेम्बरमा यसको ग्लोबल प्रिमियर हुने अनुमान गर्न सकिन्छ । टोयोटाले बक्सी डिजाइनमा तयार गरेको रग्ड एसयूभीको साइज र्याभफोर साइजमा हुने अनुमान गरिएको छ ।

अहिलेसम्म टोयोटाले नयाँ एसयूभीको विषयमा धेरै कुरा बाहिर ल्याएको छैन । कम्पनीले ‘एफजे क्रुजर’ नाम दिने अनुमान गरिएको एसयूभीको लम्बाई ४५०० एमएम हाराहारीमा हुनेछ । सुरुवातमा थाइल्याण्डबाट बिक्री सुरु हुने यो एसयूभी नेपाल पनि आउन सक्ने मोडल हो ।

हाइलक्स, फर्चूनर तथा इनोभा बनेको टोयोटाको आइएमभी प्लेटफर्मको मोडिफाई भर्सनमा यसलाई बनाउने बताइन्छ । नयाँ एसयूभी बक्सी स्टाइलको डिजाइन रहने छ भने, यसलाई रगेड देखाउने टपमा ह्याटको डिजाइन समेत रहेको छ ।

धेरै इन्जिन अप्सनमा आउने नयाँ एसयूभीमा २.४ देखि २.८ लिटर क्षमताको डिजेल र २.७ लिटर क्ष्मताको पेट्रोल इन्जिन रहने छ ।


Back_to_top