काठमाडौं । टोयोटा किर्लोस्कर मोटर भारतले आफ्नो चर्चित एसयूभी फर्च्यूनरको नयाँ लिमिटेड एडिसन ल्याउने तयारी गरिरहेको कम्पनीले जनाएको छ । फर्च्यूनर आफ्नो सेग्मेन्टमा टोयोटाको भारतमा सर्वाधिक बिक्री हुने मोडल हो ।
नेपालमा पनि टोयोटाले भारतमा बनाएको फर्च्यूनर नै बिक्री वितरण गर्दै आएको छ । यस्तोमा लिमिटेड एडिसन फर्च्यूनर कस्तो रहने छ भन्ने उत्सुकता टोयोटा प्रेमीहरुमा रहुनु स्वभाविक हो ।
कम्पनीका सिनियर भाइस प्रेसिडेन्ट नवीन सोनीले लकडाउन समय सकिएपछि कम्पनीले लिमिटेड एडिसन सार्वजनिक गर्ने जानकारी मिडियालई दिएका थिए ।
नयाँ फर्च्यूनर लिमिटेड एडिसनमा ३६० डिग्री क्यामेरा, अटो फोल्डिङ्ग आउड साइट रियर भ्यू मिरर जस्ता फिचर थप हुने अनुमान गरिएको छ । साथै यसको इन्टेरियरमा पनि थुप्रै परिमार्जन पाउन सकिने छ ।
कम्पनीले यसलाई दुई इन्जिन अप्सनमा बजारमा उतार्ने छ । जसमा २.७ लिटर पेट्रोल र २.८ लिटर टर्बो डिजेल इन्जिन यसमा रहने छ । यसमा रहेको पेट्रोल इन्जिनले अधिकतम १६६ पीएस पावर र २४५ एनएम टर्क प्रदान गर्छ भने डिजेल इन्जिनले १७७ पीएस पावर र ४२० एनएम टर्क प्रदान गर्नेछ । यसको डिजेल इन्जिन ४ वाई ४ सिस्टममा उपलब्ध रहने छ ।

