काठमाडौं । जापानी अटोमोवाइल कम्पनी टोयोटाले आफ्नो चर्चित मिडसाइज पीकअप हाइलक्सको नवौं जेनेरेशन मोडल तयार पारेको छ । आगामी नोभेम्बर महिनामा बजारमा आउने अनुमान गरिएको नयाँ लाइलक्स ‘ट्राभो’को ट्रेडमार्क दर्ता भएको हो ।
टोयोटाले नवौं जेनेरेसन हाइलक्सलाई थाइल्याण्डमा सार्वजनिक गर्नेछ । अहिले बजारमा बिक्री हुँदै आएको हाइलक्सको आठौं संस्करण सन् २०१५ मा आएको थियो । त्यसको १० वर्षपछि नयाँ जेनेरेशन आउन लागेको हो ।
अहिले बजारमा बिक्री हुँदै आएको हाइलक्स ‘रेभो’ नाममा उपलब्ध छ । अब आउने नयाँ जेनेरेशन मोडललाई ट्राभो नाम दिइएको हो ।
रजिस्टर भएको प्याटेन्ट अनुसार नयाँ जेनेरेशन हाइलक्स ट्राभोको फ्रन्ट फेसिया र रियर डिजाइन परिवर्तन भएको छ । अगाडि स्लीक हेडलाइट, दुबै साइडको हेडलाइट टोयोटको नामका अक्षरसँग कनेक्टेड देखिएको छ ।
यसको अप ग्रिलमा हनिकम सेप र लोअर ग्रिलमा होरिजेन्टल स्ल्याट छ । फ्ल्यापसहितको एयर ड्याम, लोअर ग्रिलमा एडासको लागि राडार माउण्ट रहेको देखिन्छ । यसमा मेटलको स्कीड प्लेट प्रयोग हुनेछ ।
नयाँ हाइलक्समा १८ इन्चको अलोय ह्वील र टल प्रोफाइलको टायर रहनेछ । यसको क्याविनमा नयाँ लेआउट सहितको ड्यासबोर्ड, फ्लोटिङ इन्फोटेन्मेन्ट सिस्टम, टीएफटी इन्ट्रुमेन्ट क्लस्टर, भेन्टीलेटेड सिट, पावर्ड फ्रन्ट सिट, इन्ट्रीगेटेड स्टेप सहितको पावर्ड टेलगेट उपलब्ध हुनेछ ।
टोयोटाले नयाँ हाइलक्स पीकअपमा २.८ लिटर टर्बो डिजेल इन्जिन छ । उक्त इन्जिनले २०० हर्स पावर र ५०० न्यूटन मिटर टर्क जेनेरेट गर्छ । विगतमा जस्तै नयाँ हाइलक्स फोर ह्वील ड्राइभ अप्सन सहित म्यानुअल र अटोमेटीक गियर बक्समा आउने छ ।


