टोयोटा विमन्स र्‍याली बैशाख ८ गते, कार्निभल पनि हुने

काठमाडौं । टोयोटा गाडीको आधिकारीक बिक्रेता यूनाइटेड ट्रेडर्स सिन्डिकेटले ‘टोयोटा विमन्स मोटर र्‍याली २०२४’ वैशाख ८ गते आयोजना गर्दैछ ।

टोयोटा गाडीको नेपालका लागि आधिकारिक बिक्रेता युनाइटेड ट्रेडर्सले आगामी वैशाख ८ गते मोटर र्‍याली आयोजना गर्न लागेको हो । उक्त र्‍यालीको उद्देश्य अटोमोटिभ क्षेत्रका महिलाहरू माझ सौहार्द्रता र साहसिक भावनाको प्रवद्र्धन गर्नु रहेको कम्पनीले जनाएको छ ।

२० वर्ष अघिदेखि शुरू भएको र्‍याली मोटर स्पोर्टस्को क्षेत्रमा महिलाहरूको क्षमता अभिवृद्धि गर्ने एउटा महत्वपूर्ण कार्यक्रम बन्दै आएको छ । र्‍यालीले महिलाहरूलाई सशक्तीकरण र प्रेरणादायी बन्दै परम्परागत घेराबाट माथि उठ्न सघाउने कम्पनीको विश्वास छ ।

कम्पनीले र्‍यालीमा सबै क्षेत्रका महिलाले सहभागिता जनाउन सक्ने भन्दै सहभागिताका लागि आह्वान समेत गरेको छ । र्‍यालीमा कुनै पनि गाडी मार्फत सहभागिता जनाउन सकिने छ ।

यो र्‍याली मोटर स्पोर्ट्स अन्तर्गत पर्ने रेसिङ्ग विधाको टिडिएस र्‍याली हो । टाइम (समय), डिस्ट्यान्स (दुरी), र स्पीड (गति) अर्थात् टिडिएस र्‍याली अन्तर्गत गन्तब्यसम्म पुग्नका लागि विभिन्न चेक प्वाइन्टहरु निर्धारण गरी बाटोको प्रकृति हेरेर एभरेज स्पीड तय गरिएको हुनेछ । यीनै कुरा मध्यनजर गरी अन्त्यमा बिजेता घोषणा हुनेछ ।

टोयोटाले र्‍यालीलाई काठमाडौँको विभिन्न सहरहरु परिक्रमा गर्दै संस्कृतिक सम्पदाको अवलोकन गर्दै गन्तब्यमा पुग्नेछ । अन्त्यमा कम्पनीले बिजेताहरुलाई उचित पुरस्कार उपलब्ध गराउनुको साथै ¥याली समापन हुने ठाउमा सफल महिला उद्यमीलाई उद्यमशीलताको पहिचान, प्रोत्साहन र हौसला बढाउने उद्देश्यले कार्निवल आयोजना गरिनेछ ।


Back_to_top