काठमाडौं । टीभीएसले स्मार्ट कनेक्ट फिचरसहितको जुपीटर स्कुटर सार्वजनिक गरेको छ । कम्पनीले यसमा भ्वाइस असिस्ट (बोले अनुसार काम गर्ने) फिचरसहित भारतमा विक्री सुरु भएको हो ।
टीभीएस जुपीटर ११० सीसी सेग्मेन्टमा नै फुल डिजिटल कन्सोल, नेभिगेशन र भ्वाइस असिस्ट भएको पहिलो स्कुटर भएको कम्पनीले दावी गरेको छ ।
कम्पनीले टीभीएस जुपीटरलाई म्याट ब्ल्याक र कपर ब्राउन कलरमा ल्याएको छ । नयाँ भर्सन जुपीटरको मूल्य ८० हजार ९३७ रुपैयाँ (एक्स सोरुम देल्ली) रहेको छ ।
यो स्कुटरमा ब्लूटूथ केनेक्टिभिटी मार्फत यसमा भोइस असिस्ट, नेविगेशन, एसएमएस, कल अर्लट जस्ता फिचर प्रयोग गर्न सकिन्छ । यो स्कुटरमा आइफोन तथा एन्ड्रोइड दुबै फोन कनेन्ट गर्न सकिन्छ ।
यसका अलावा कम्पनीले यो स्कुटरमा अन्य परिर्वतन गरेको छैन् । यसमा ११० सीसी इन्जिन रहेको छ । यसले ७५०० आरपीएममा अधिकतम ५.८ किलोवाट पावर र ५५०० आरपीएममा ८.८ एनएम टर्क जेनेरेट गर्छ ।

