काठमाडौं । टीभीएसले जुपीटर ड्रम भेरियन्टमा स्मार्ट कनेक्ट फिचर सार्वजनिक गरेको छ । कम्पनीले भ्वाइस असिस्ट फिचरसहितको स्माट कनेक्ट फिचर भएको जुपीटर जेडएक्स ड्रम भारतमा सार्वजनिक गरेको हो । यसका कम्पनीले यूएसबी चार्जिङ पोर्टसमेत दिएको छ ।
टीभीएस जुपीटर ११० सीसी सेग्मेन्टमा नै फुल डिजिटल कन्सोल, नेभिगेशन र भ्वाइस असिस्ट भएको पहिलो स्कुटर भएको कम्पनको दावी छ ।
जुपीटर जेडएक्स ड्रमको मूल्य ८४ हजार ४६८ रुपैयाँ (एक्स सोरुम देल्ली) रहेको तोकेर विक्री सुरु गरेको हो ।
यो स्कुटरमा ब्लूटूथ केनेक्टिभिटी मार्फत यसमा भोइस असिस्ट, नेविगेशन, एसएमएस, कल अर्लट जस्ता फिचर प्रयोग गर्न सकिन्छ । यो स्कुटरमा आइफोन तथा एन्ड्रोइड दुबै फोन कनेन्ट गर्न सकिन्छ ।
यसका अलावा कम्पनीले यो स्कुटरमा अन्य परिर्वतन गरेको छैन् । यसमा १०९.७ सीसी इन्जिन रहेको छ । यसले ७.८ बीएच पावर तथा ८.८ एनएम टर्क जेनेरेट गर्छ ।


