टीभीएसको ‘लभ एक्सप्रेस’ योजना, नगद छुट र कम डाउन पेमेन्ट मुख्य आकर्षण

काठमाडौं । टीभीएस स्कूटर र मोटरसाइकलको लागि नेपालको आधिकारीक वितरक जगदम्बा मोटर्सले ‘भ्यालेन्टाइन डे’को अवसर पारेर आफ्नो सम्पूर्ण स्कुटरहरुमा ‘टीभीएस लभ एक्सप्रेस’ योजना ल्याएको छ । यस योजनाको थीम ‘एक्सप्रेस द पावर अफ लभ’ राखिएको छ ।

यस योजना अन्तर्गत उपभोक्ताले टीभीएसको कुनै पनि मोडलको नयाँँ स्कुटर खरिद गर्दा न्यूनतम ६ हजार नगद छुट पाउने छन् ।

जगदम्बा मोटर्सले जुपिटर क्लासिक, वेगो एफआई लगायत नेपालमा सबैभन्दा बढी रुचाइएको स्मार्ट स्पोर्टी स्कुटर एन्टर्क बिक्री गर्दै आएको छ । स्मार्ट कनेक्ट युक्त एन्टर्क नेपालमा सबैभन्दा बढी बिक्री हुने प्रिमियम स्कुटर मध्ये एक हो ।

एन्टर्क रेस एक्सपी बीएस ६ इन्जिनमा उपलब्ध रहेको छ । आरटीएफआई १२५ सीसीको इन्जिन भएपनि यसको माइलेज निकै राम्रो रहेको छ । यस स्कुटरले १० ब्रेक हर्स पावरभन्दा बढी पावर जेनेरेट गर्छ ।

यस योजना अन्तर्गत ग्राहकहरुले २५ प्रतिशत डाउन पेमेन्टमा नै स्कुटर किन्ने सुविधा पाउने छन् भने मासिक किस्ता पनि न्यूनतम दैनिक १३३ रुपैयाँ मात्रैका दरले तिर्न सक्ने छन् । कम्पनीले अहिले ११।९९ प्रतिशत ब्याजदर कर्जा उपलब्ध गराउँदै आएको छ ।

यो योजना माघ २४ गतेदेखि फाल्गुन १६ गतेसम्म लागु हुने कम्पनीले जनाएको छ ।


Back_to_top