काठमाडौं । टीभीएस एनटर्क १२५ ले १.४५ मिलियन ९साढे १४ लाख० यूनिटको माइलस्टोन पार गरेको छ । कम्पनी एनटर्क १२५ सार्वजनिक गरेदेखि हालसम्ममा १४ लाख ५० हजार यूनिट एनटर्क विक्री गर्न सफल भएको हो ।
१२५ सीसी सेग्मेन्टमा छोटो सययमै कम्पनीले यो माइल स्टोन पूरा गरेको हो । टीभीएस मोटर्सले २०१८ फेब्रुअरीमा एनटर्क १२५ को पहिलो भेरियन्ट सार्वजनिक गरेको थियो । कम्पनीले २०२२ अप्रिलमा १ मिलियन ९१० लाख० यूनिटको माइल स्टोन पूरा गरेको थियो भने २०२३ मा कम्पनीले १.४५ मिलियनको माइल स्टोन पूरा गरेको हो ।
एनटर्क १२५ नेपाली बजारमा कम समयमा नै ५० हजारको माइस्टोन पूरा गर्ने प्रिमियम स्कुटर बन्न सफल भएको छ । टीभीएस मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक विक्रेता कम्पनी जगदम्बा मोटर्सले केही दिन अघि मात्रै एनटर्कको नयाँ भेरियन्ट सार्वजनिक गरेको छ ।
हाल नेपाली बजारमा एनटर्क १२५ को ६ भेरियन्ट विक्री भइरहेको छ । सबैभन्दा कम मूल्यको भर्सनको मूल्य २ लाख ३२ हजार ९०० रुपैयाँ, डिस्कको २ लाख ६२ हजार ९०० रुपैयाँ, रेस एडिशनको मूल्य २ लाख ७९ हजार ९०० रुपैयाँ, एक्सपी भेरियन्टको ३ लाख १५ हजार ९०० रुपैयाँ र सुपर स्क्वाड एडिशनको मूल्य २ लाख ८४ हजार ९०० रुपैयाँ रहेको छ ।
त्यसैगरी, हालै मात्र नेपालमा सार्वजनिक भएको एनकर्ट आरटीएफआई बीएस ६ को मूल्य २ लाख ९९ हजार ९०० रुपैयाँ रहेको छ ।
यस्तो छ एनटर्क १२५
एनटर्क १२५ प्रदूषण मापदण्ड बीएस ४ र बीएस ६ दुवै अप्सनमा उपलब्ध रहेको छ । एनटर्क १२५ मा १२४.८ सीसी, ३ भल्भ, एयरकुल्ड, इन्जिन रहेको छ । यो इन्जिनले ७००० आरपीएममा ९.१ बीएच पावर तथा ५५०० आरपीएममा १०.५ एनएम टर्क जेनेरेट गर्छ । बीएस ६ एनटर्कमा ५.८ लिटर इन्धन राख्न सकिने भएको छ ।
एनटर्कमा टीभीएस स्मार्ट कनेक्टको साहायताले नेभिगेसन, अन्तिम समयमा पार्किङ गरेको स्थान, कल तथा एसएमएस नोटिफिकेसन जस्ता फिचर प्रयोग गर्न सकिन्छ । यसका अलावा राइड स्टाटिस्टिक्स, ल्याप टाइमर, ०–६० एशेलेरेसन टाइमर तथा मोड परिवर्तन गर्न सकिने छ । यो फिचर टप भेरियन्टमा मात्रै पाउन सकिन्छ ।

