काठमाडौं । भारतीय मोटरसाइकल तथा स्कुटर निर्माता टीभीएसले नयाँ स्कुटर सार्वजनिक गरेको छ । कम्पनीले भारतीय बजारमा एनटर्क एक्सपी १२५ रेस एक्सपी नयाँ कलर अप्सन र केही फिचर थप गरेर बजारमा ल्याएको हाे ।
कम्पनीले एनटर्क एक्सपी १२५ रेस एक्सपी स्कुटरको मूल्य १ लाख ४१७ भारतीय रुपैयाँ (एक्स शोरुम) तोकेर बिक्री सुरु गरेको हो ।
पहिलो पटक २०१८ सालमा सार्वजनिक भएको टीभीएस एनटर्क स्कुटरको एक्सपी भेरियन्ट अन्य एनटर्क भेरियन्टभन्दा धेरै पावरफुल छ ।
एनटर्क १२५ एक्सपीमा अब नयाँ ब्लू कलर अप्सन थपिएको छ । नयाँ कलरले स्कुटर निकै आकर्षक देखिएको छ । स्कुटरको बडी डिजाइनमा ब्लू, खैरो साइड प्यानल र रेड हाइलाइट लाइन दिइएको छ ।

साथै, स्कुटरको ह्याण्डलबारमा पनि टीभीएस एनटर्क १२५ को लोगो राखिएको छ । समग्रमा, नयाँ ब्लेज ब्लू रङ कलरले स्कुटर धेरै आकर्षक र प्रिमियम देखिएको छ ।
कम्पनीले एक्सपीमा पहिलो पटक आइएसजी (इन्टिग्रेटेड स्टार्टर जेनेरेटर) साइलेन्ट स्टार्ट सिस्टमको पनि प्रयोग गरेको छ । यसले ट्राफिक जाममा सहज बनाउँछ ।
यसका अलावा एनटर्क रेस एक्सपीमा ०.६ को टर्क फिगर पनि बढेको छ । यसमा १२४.८ सीसीको इन्जिन छ । जसले १०.२ पीएस पावर र ११.५ एनएम टर्क जेनेरेट गर्छ ।
यी बाहेक स्कुटरमा अन्य कुनै परिवर्तन गरिएको छैन ।

