काठमाडौं । टीभीएसले १ घन्टामा नेपालको कुनैपनि कुनामा मोटरसाइकल तथा स्कुटरको पार्टस् नपाए निःशूल्क पार्टस् उपलब्ध गराउने योजना ल्याएको छ । कम्पनीले आज आयोजना गरेको एक कार्यक्रममा उक्त योजना सार्वजनिक गरेको हो ।
कम्पनीले संचालनमा ल्याएको एप मार्फत ग्राहकले आफ्नो पार्टस अर्डर गर्न सक्ने छन् । बजारमा टीभीएसका पार्टस पाइदैन भन्ने निराधार हल्लाको भएको भन्दै कम्पनीका उपाध्यक्ष दिपक रौनियारले ६० मिनेटमा ग्राहकले आफ्नो बिग्रिएको पार्टस् उपलब्ध नपाएको खण्डमा सित्तैमा ग्राहकले पार्टस् पाउने बताए ।
जगदम्बा मोटर्सले टीभीएस मोटरसाइकल तथा स्कुटरको डिलरशीपका रुपमा काम गर्न थालेको ९ वर्षमा टीभीएस नेपालकै सबैभन्दा छिटो ग्रोथ हुने कम्पनीका रुपमा रहँदै आएको र टीभीएस अहिले दोस्रो नम्वरमा रहेको रौनियारले दावी गरे ।
टीभीएसले आयोजना गरेको उक्त कार्यक्रममा तीन मोडलका बीएस ६ मोटरसाइकल तथा स्कुटर सार्वजनिक समेत गरेको छ । कम्पनीले टीभीएस रेडर १२५ बीएस ६, एनटर्क १२५ डिस्क बीएस ६ र रेडिअन बीएस ६ सार्वजनिक गरेको हो ।
कम्पनीले टीभीएस रेडिअन बीएस ६ को मूल्य २ लाख ३६ हजार ९०० रुपैयाँ, एनटर्क १२५ डिस्क बीएस ६ को मूल्य २ लाख ७९ हजार ९०० रुपैयाँ र रेडर बीएस ६ को मूल्य २ लाख ९२ हजार ९०० रुपैयाँ तोकेर सार्वजनिक गरेको हो ।


