काठमाडौं । मंसिर २४ बाट सुरु भएको ‘टीभीएस रेडर सप्तरंग ३’को पहिलो कार्यक्रम काँकडभिट्टामा सम्पन्न भएको छ । दर्शकहरुको निकै उत्साह जनक संलग्नतामा सम्पन्न भएको उक्त कार्यक्रममा महानायक राजेश हमालको साथै प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईको उपस्थिति रहेको थियो ।
टीभीएसले सबै सहर केन्द्रित रहेर सप्तरंग ३ कार्यक्रम आयोजना गरिरहेको छ । कम्पनीले प्रदेश १ को अर्को सहर विर्तामोड र प्रदेश २ को लाहानमा पनि कार्यक्रम आयोजना गरेको हो ।
कम्पनीले विर्तामोडको पाथिभरा अटो लिंक र लहानको राज अटोमोवाइलमा कलाकारहरु सहित टीभीएस रेडल सप्लरंग कार्यक्रम आयोजना गरेको थियो ।
जगदम्बा मोटर्सले नेपाल ल्याएको रेडर १२५ सुरुवातदेखि नै सफलता पाउन सफल मोडल हो । झट्ट हेर्दा लाइफस्टाइल प्रोडक्ट जस्तो देखिने र सिग्मेन्टमा नै पृथक र बोल्ड डिजाइन थिम यसलाई तयार गरिएको छ ।
नयाँ मोटरसाइकलमा पृथक डिजाइन, विशेष लोगो, बलियो र कलात्मक फ्यूल ट्यांक दिइएको छ । यस्ता अलग फिचरले यसलाई दैनिक राइडका लागि स्पोर्टी, कम्प्याक्ट र फुर्तिलो बनाएको छ । टीभीएस रेडरमा सिग्नेचर हेडल्याम्प र टेल ल्याम्प पाउन सकिन्छ ।
टीभीएस रेडरमा उपलब्ध १२५ सीसीको इन्जिनले अधिकतम ६५०० आरपीएममा ११.५ एनएम टर्क र ८००० आरपीएममा १२.९ पीएस पावर प्रदान गर्छ । यो मोटरसाइकल सेग्मेन्टकै पावरफुल रहेको छ । यसले ० देखि ६० किलोमिटर प्रति घन्टाको स्पीड केवल ५.७ सेकेन्डमा भेट्टाउँछ ।
कम्पनीले यसको पछाडि ग्यास चार्ज्ड फाइभ स्टेप एड्जस्टेबल मोनो शक सस्पेन्शन, लो फ्रिक्शन फ्रन्ट सस्पेन्शन दिएको छ । स्प्लिट सिट, ५ स्पीड गियरबक्स र १७ ईञ्च अलोय ह्वीलले मोटरसाइकललाई उत्कृष्ट बनाएको छ ।

