काठमाडौं । हिरो मोटोकर्पले नयाँ एक्सपल्स ल्याउने भएको छ । कम्पनीले नयाँ इन्जिनको साथमा ल्याउने ‘एक्सपल्स–२१०’ अहिलेको रहेको एक्सपल्स २०० भन्दा निकै शक्तिशाली इन्जिनमा आउन लागेको हो ।
भारतका विभिन्न क्षेत्रमा परीक्षण चलिरहेको नयाँ एड्भेन्चर मोटरसाइकलमा कम्पनीले ‘करिज्मा २१०’मा प्रयोग गरेको लिक्वीड कुल्ड इन्जिनलाई अपग्रेड गरेर दिनेछ । उक्त इन्जिनले २५.५ पीएस पावर दिन्छ । अहिले बजारमा पाइने एक्सपल्स २०० को पावर १९ पीएस मात्रै छ ।
डबल स्र्पोट्स सेग्मेन्टकै सबैभन्दा अफोर्डेवल मोटरसाइकलको रुपमा आउने एक्सपल्समा २१० सीसी क्षमताको इन्जिन रहने छ ।
हिरो मोटोकर्पको उत्पादन एक्सपल्स २०० फोर भी डबल स्र्पोट्स सेग्मेन्टमा भारत तथा नेपालमा धरै रुचाईएको मोटरसाइकल हो । त्यसमाथि डिजाइनमा पविर्तन र बढी पावरको साथ आउने भएसँगै धेरैले यसलाई चासोका साथ हेर्न थालेका छन् ।

नयाँ एक्सपल्समा हाइ रेज फ्रन्ट फेन्डर, सिंगल पिस सिट, अप राइट राइडिङ पोस्चर देखिएको छ । यसमा राउण्ड एलएडी हेडल्याम्पका साथ ठूलो विन्ड स्क्रीन पनि देखिन्छ ।
कम्पनीले एक्सपल्स २०० को तुलनामा सानो तथा अग्लो फ्यूल ट्याङ्क देखिएको छ । डिजिटल एलसीडी कन्सोलका साथै टर्न वाइ टर्न नेभिगेशन हुनेछ ।
नयाँ एक्सपल्सको फ्रन्टमा लामो ट्राभल सस्पेन्सन तथा रियरमा मोनोशक सस्पेन्सन रहेने छ । यसको दुबै ह्वीलमा डिस्क ब्रेकका साथै डबल च्यानल एबीएस उपलब्ध हुनेछ ।
परीक्षण भइरहेको मोटरसाइकलमा नकल गार्डका साथै, पेनियर बक्ससमेत देखिएको छ । कम्पनीले एसोशरिज समेतसँगै सार्वजनिक गर्ने अनुमान गर्न सकिन्छ ।
सन् २०२५ को सुरुवातमा नै यो मोटरसाइकल बजारमा ल्याउने अनुमान गर्न सकिन्छ भने यसले २ लाखभन्दा कम मूल्यमा आउने यो मोटरसाइकलले केटीएम २५० एड्भेन्चर तथा सुजुकी भी स्ट्रोम २५० सँग प्रतिस्पर्धा गर्नेछ ।

