नेपाल आउँदै २० देखि २७ लाखसम्म पर्ने ३ इलेक्ट्रीक कार

काठमाडौं । विद्युतीय कारको बजार बढेसँगै साना–ठूला सबै किसिमका कारको आयात बढ्दै गएको छ । अहिले नेपालमा १७ लाखदेखि ५ करोड मूल्यसम्मको बिवद्युतीय कार आइसकेको छ ।

बजारमा साना कार किनेर इन्ट्री गर्न चाहनेहरु बढ्दै गएका छन् । चलाउन सजिलो, खर्च कम र आफ्नो सहरी यात्राको लागि उपयुक्त हुने भएसँगै साना मिनी कार र ह्याचव्याक कारको बिक्री पनि बढ्दै गएको छ ।

बजारमा माग बढेसँगै नयाँ विद्युतीय गाडी ल्याउन कसिएका ब्यवसायीक फर्महरुले आगामी नाडा अटो शो २०२४ मा देखाउने गरी साना ह्याचव्याक कारहरु ल्याउन लागेका छन् । यस्ता कारको मूल्य २० लाखदेखि २७ लाख भित्रै रहने आयातकर्ताहरुको भनाइ छ ।

नाडा अटो शो आगामी भदौ ११ गतेदेखि १७ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुँदैछ । त्यसैले कम्पनीहरु त्यहिबाट गाडी बुकिङ गर्ने र दशैंको आसपास गाडी बिक्री थाल्ने योजनामा छन् । कुनै मोडल भने नाडापछि मात्रै बजारमा आउने बुझिएको छ ।

केई क्यूट–टु/फोर

केई मोटर्सको आधिकारीक बिक्रेता लक्ष्मी इमोविलिटीले ह्याचव्याक क्यूट मोडल ल्याउने भएको छ । कम्पनीले ल्याउने क्युट–०२ दुई ढोका भएको कार हो । त्यस्तै क्यूट–०४ चार ढोका भएको मोडल हो ।

केईले नेपाली बजारमा ल्याउने केई मोडलको टु डोर भर्सनले एमजी कोमेट र फोर डोर भर्सनले टाटा टियागोसँग प्रतिस्पर्धा गर्नेछ ।

केई क्यूटको इन्टेरियरमा १०.२५ इन्चको फ्लोटिङ सेन्टर कन्ट्रोल स्कृन र ७ इन्चको डिजिटल इन्ट्रुमेन्ट क्लस्टर छ ।

मिनी कार भएर पनि यसमा सेग्मेन्ट फस्ट ३६० डीग्री क्यामरा, कोलुम सिफ्ट गियर सेलेक्टर, ४ वटा हाइफाई स्टेरियो स्पीकर, एयर कन्डिसन, फिजगेट स्पीनर कि, पुस बटम स्टार्ट, टुस्पोक फ्ल्याट बटम स्टेरिङ ह्वील जस्ता फिचर छन् ।

केईले ह्याचव्याकमा १७.६९ किलोवाट आवर र २८.०८ किलोवाट आवरकोे दुई ब्याट्री अप्सन यसमा दिएको छ । यसले ३१ किलोवाटसम्मको डिसी फास्ट चार्जर सपोर्ट गर्छ । फास्ट चार्जरले चार्ज गर्दा जम्मा ३० मिनेटमै ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ ।

कम्पनीले यसमा ३५ र ४० किलोवाटको दुई इलेक्ट्रीक मोटर दिएको छ । यसले ब्याट्री साइज अनुसार फुल चार्जमा २०० र ३०० किलोमिटर रेन्ज दिने सीएलटीसीले प्रमाणित गरेको छ । कारको टपस्पीड क्षमता भने १०० किलोमिटर प्रतिघन्टा रहेको छ ।

भोल्टस् ‘एचइभी–४००’

ह्याचब्याक डिजाइनमा उपलब्ध हुने ‘एचइभी–४००’ मोडलको लम्बाई ३७४० एमएम, चौडाइ १६५५ एमएम र उचाइ १५५० एमएम रहेको छ । डिजाइन अनुसार हेर्दा यो कार माइक्रो एसयूभीको झल्को दिने खालको छ । यसमा २४१५ एमएमको ह्वीलबेस पाउन सकिन्छ ।

फोर सिट क्षमताको भनेर बिक्री हुने कारमा आधुनिक फिचरहरूको लामै लिस्ट पाउन सकिन्छ । यसमा १०.२५ इन्चको फ्लोटिङ डिस्प्ले, जीपीएस नेभिगेशन, भ्वाइस रिकगनिशन, ओटा अपडेट दिइएको छ ।

दुई ब्याट्री अप्सनमा नेपाल आउने एच ईभी–४०० मोडलमा ३२.५६ किलोवाट आवरको लिथियम आइरन फस्फेट ब्याट्री र ३८.५४ किलोवाट आवरको ट्रनरी लिथियम ब्याट्री पाउन सकिन्छ ।

यसमा रहेको सानो लिथियम आयोन फस्फेट ब्याट्रीले सिंगल चार्जमा ३०२ किलोमिटर रेन्ज दिने सीएलटीसीले प्रमाणित गरेको छ । ठूलो साइजको ट्रनरी ब्याट्रीले भने ४०८ किलोमिटर रेन्ज दिने सीएलटीसीको जनाएको छ ।

दुवै ब्याट्री भएको कारमा मोटर भने समान ३५ किलोवाट क्षमताको पाउन सकिन्छ । यसको पीकटर्क भने १२५ एनएम रहेको छ ।

बीएडब्लू  ब्रम्बी

बीएडब्लू मोटर्सको ब्रम्बी ह्याचव्याक पनि नेपाल आउने क्रममा रहेको छ । यसलाई कम्पनीले नाडा अटो शोमा भने राख्ने छैन । यसमा २५ किलोवाट पीकपावर भएको इलेक्ट्रीक मोटर दिएको छ । यसको रेटेड पावर १५ किलोवाट छ ।

यसको लम्बाई ३५३२ एमएम, चौडाई १४९८ एमएम र उचाई १६०५ एमएम छ । यसमा २२७५ एमएम लामो ह्वीलवेस पाउन सकिन्छ । रियर ह्वील ड्राइभ मोटर दिइएको कारमा अगाडि चक्कामा डिस्क र पछाडि चक्कामा ड्रम ब्रेक दिइएको छ ।

दुई कलरमा सजिएको इन्टेरियर, १०.२५ इन्चको इन्टेलिजेन्ट डिस्प्ले, पार्किङ राडार, ३६० डिग्री क्यामेरा, हाइटेक सेफ्टी फङ्गसन जस्ता फिचर यसमा रहेका छन् ।

चार जनाले यात्रा गर्न सक्ने ५ ढोका भएको ब्रम्बी इलेक्ट्रीक ह्याचव्याकमा १५.१२ किलोवाट आवरको सानो साइजको ब्याट्री छ । उक्त ब्याट्रीलाई फुल चार्ज गर्दा १७२ किलोमिटर गुडाउन सकिने कम्पनीको दावी भएपनि रोडमा त्यति पनि रेन्ज आउने छैन ।

 


Back_to_top