काठमाडौं । विश्व अटोमोवाइल बजारमा स्पोर्टस् कारको महत्व कति छ भन्ने कुरालाई कम्पनीहरुले पाएको ब्राण्ड नेमबाट पुष्टि हुन्छ । वार्षिक लाखौं यूनिट कार बिक्री गर्ने कम्पनीको नाम नआउँदा पनि हजार यूनिटभन्दा कम कार बनाउने कम्पनीले स्पोर्टस् कारकै कारण नाम बनाइरहेका छन् ।
राम्रो बाटाहरु भएको, रेसिङ ट्रयाकहरु भएको र ड्राइभिङ स्पोर्टस् चलाइरहेका देशहरुमा यी कारको महत्व धेरै हुन्छ । नेपालमा अहिलेसम्म यी कुनैपनि संरचना तयार भएका छैनन् । यद्यपि, स्पोर्टस् कारमा चासो राख्नेहरुको लागि हामीले बजारमा आउँदै गरेका स्पोर्टस् कारको बारेमा जानकारी दिने प्रयास गरेका छौं ।
एस्र्टन मार्टिनको भेन्टेज मोडल सन् २०२४ मा बजारमा आउने छ । यसको फिचरका बारेमा धेरै जानकारी बाहिर आएको छैन । यसमा भी८ इन्जिन रहने बताइएको छ । यसको मूल्य ४ लाख डलर हाराहारी पर्ने अनुमान गरिएको छ ।
-विश्व अटोमोवाइलमा धेरै रेकर्ड आफ्नो नाममा बनाएको फेरारीले रोमा स्पाइडर मोडल २०२४ बजारमा ल्याउने छ । यसमा ३.९ लिटर भी८ इन्जिन रहेको छ । यसले अधिकतम ६१२ हर्सपावर प्रदान गर्छ । यदि यो कार नेपाल आउने हो भने यसको मूल्य १२ करोड माथि पर्नेछ ।
-सन् २०२४ मा बजारमा आउने सबैभन्दा महंगो स्पोर्टस् कार लेम्बोर्गनी रिभोल्ट हो । कम्पनीले यसमा ६.५ लिटर भी १२ इन्जिन दिइएको छ । यसमा रहेको इन्जिनले ८१४ हर्स पावर प्रदान गर्छ । यसको अन्तर्राष्ट्रिय बजारमा ८ लाख डलर माथि रहेको छ । यो कार नेपाल आउने हो भने यसको मूल्य ३० करोड रुपैयाँभन्दा बढी पर्नेछ ।
-लोटस इमिरामा २.० टर्बो र ३.५ लिटर भी६ इन्जिन दिइएको छ । यसले अधिकतम ३६० हर्सपावर प्रदान गर्छ । यसको मूल्य अन्तर्राष्ट्रिय बजारमा १ लाख डलरभन्दा कम रहेको छ । यदि यो नेपाल आउने हो भने ४ करोड हाराहारी मूल्य पर्नेछ ।
-म्याक्लेरन ७५० एस अर्को २०२४ को लागि नयाँ स्पोर्टस् कार हो । यसमा पावरफुल भी८ इन्जिन रहने छ । यसको पावर ७४० हर्स पावर रहने छ । यदि यो कार नेपाल आउने हो भने १७ करोडभन्दा माथि पर्नेछ ।
-मासेराती ग्रेनटुरिज्मोको नयाँ मोडल २०२४ मा बजारमा आउने छ । यो स्पोर्टस् कारमा भी६ इन्जिन रहेको छ । ५५० हर्सपावर र ७५० एनएम टर्क रहने यो कारको मूल्य नेपाल आउने हो भने १० करोड हाराहारी पर्नेछ ।
-मर्सिडिज एएमजी जीटी अर्को सन् २०२४ मा बजारमा प्रतिक्षा गरिएको स्पोर्टस् कार हो । निकै पावरफुल इन्जिनमा आउने एएमजी जीटीमा ४.० लिटर भी८ टर्बो इन्जिन रहेको छ । यसको मूल्य ४ करोड हाराहारी पर्नेछ । नेपाल आउने हो भने यसको मूल्य १२ करोड माथि पर्नेछ ।
-मर्सिडिज बेन्ज सिएलई सन् २०२४ मा आउने स्पोर्टस् कार हो । यसमा कम्पनीले यसमा २.० र ३.० लिटर क्षमताको टर्बो चार्ज्ड पेट्रोल इन्जिन दिने छ । यसको मूल्य १ करोड ७० लाख नेपाली रुपैयाँ हारहारी रहने छ । तर, नेपाल नै आउने हो भने यसको मूल्य ५ करोड माथि पर्नेछ ।