तिब्र गतिमा चार्ज हुने साओमी ‘एसयू-७’, यस्ता छन् फिचर

काठमाडौं । चिनियाँ इलेक्ट्रोनिक्स जाइन्ट कम्पनी साओमीले तिब्र गतिमा चार्ज हुने इलेक्ट्रीक सेडान कार बजारमा ल्याउने भएको छ । सन् २०२४ मा बिक्री सुरु हुने साओमी ‘एसयू-७’ को टेक्नीकल डिटृेल र तस्बिर बाहिर आएसँगै यसको चर्चा बढेको हो ।

कम्पनीले यसलाई ८०० भोल्ट आर्किटेक्चरमा उत्पादन गर्ने भएको कारण यसलाई २० मिनेटमा १० देखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ । यसलाई साओमीले बीएआइसीको प्लान्टमा निर्माण गर्ने उक्त सेडान ५ मिटर लामो हुनेछ ।

साओमी एसयू-७ को लम्बाई ४९९७ एमएम, चौडाई १९६३ एमएम, उचाई १४५५ एमएम रहने छ । यसमा ३००० एमएम लामो ह्वील वेस दिइने छ । उक्त सेडान कारमा १९ र २० इन्चको ह्वील दिइने छ । यो कार टेस्लाको मोडल थ्री र बीवाइडी सिलभन्दा ठूलो हुनेछ ।

साओमीले दुई फरक भर्सनमा बनाउन लागेको एसयू-७ कारमा विण्डसिल्डको पछाडि लाइडर र बीपील्लरमा क्यामरा दिइने छ । यसको सहायताले फेस देखाएरै गाडी अनलक गर्न सकिन्छ । साओमीले बनाएको उक्त कारमा अटोनोमस ड्राइभिङ सिस्टम, सफ्टवेर इकोसिस्टम पाउन सकिन्छ ।

‘टु ह्वील र अल ह्वील ड्राइभ अप्सन’मा आउने कार रियर ह्वील ड्राइभ भर्सनमा २२० किलोवाट क्षमताको इलेक्ट्रीक मोटर रहने छ । अल ह्वील भर्सनमा २२० र २७५ गरी कुल ४९५ किलोवाट क्षमताको मोटर दिएको छ ।

यस टु ह्वील ड्राइभ भेरियन्टमा बीवाइडीको ब्याट्री रहने छ । तर अल ह्वील ड्राइभ भर्सनमा भने सीएटीएलको टर्नरी एनएमसी ब्याट्री रहनेछ । यो कारको टप स्पीड २६५ किलोमिटर प्रतिघण्टासम्म हुने कम्पनीको भनाइ छ ।

साओमीले झण्डै ३० महिना अघि सन् २०२१ को मार्चमा ईभी उत्पादन गर्ने घोषणा गरेको थियो । उसले ईभीको प्रोजेक्टका लागि सुरुवातमा १.४ बिलियन डलर लगानी गर्ने र आगामी १० वर्षमा १० बिलियन डलर पूर्याउने जनाएको छ ।


Back_to_top