काठमाडौं । टीभीएसले ४ नयाँ मोटरसाइकल ल्याउने तयारी गरेको छ । कम्पनीले हालै मात्र नयाँ मोटरसाइकलको ट्रेडमार्क दर्ता गरेको छ ।
कम्पनीले यी ४ नयाँ मोडललाई भारतमा उतार्ने तयारी थालेको हो । कम्पनीले भारतमा सार्वजनिक गर्ने अनुमान गरिएको फियरो, रेट्रोन, राइडर र जेप्लीन आर रहेको छ ।
टीभीएस फिएरोमा १२५ सीसीको इन्जिन रहेको छ । यो मोटरसाइकल कम्पनीले सन् २००० मा सुजुकीसँगको सहकार्यमा १५० सीसी सेग्मेन्टमा ल्याएको थियो । कम्पनीले यहि नामबाट केहि समय अगाडि ट्रेडमार्क दर्ता गरेको थियो । सन् २०२१ भित्रै यो मोटरसाइकल आउने अनुमान गरिएको छ ।
त्यस्तै, टीभीएस रेट्रोन रेडीअन स्कुटरको रेट्रो क्लासीक भर्सन हुने अनुमान गरिएको छ । यो बीएस ६ कम्प्लायन्टमा १०९.७ सीसी इन्जिनमा सार्वजनिक हुने छ ।
‘टीभीएस राइडर’ कम्पनीले ल्याउन सक्ने अर्को र आफ्नो पहिलो एड्भेन्चर मोटरसाइकल हुने अनुमान गरिएको छ । यो मोटरसाइकल आरआर ३१० मा आधारित २०० सीसी क्षमताको एड्भेन्चर मोटरसाइकल हुनेछ ।
त्यस्तै क्रुजर मोटरसाइकल जेप्लीन आर मोटरसाइकल २०२१ मा सार्वजनिक हुने अनुमान गरिएको छ ।

