यस्तो छ हिरोको भिडा भी १ (फोटो फिचर)

काठमाडौं । विश्वकै ठूलो मोटरसाइकल उत्पादक कम्पनी हिरो मोटोकर्पले भारतमा जारी अटो एक्स्पो २०२३ मा इलेक्ट्रीक स्कुटर भिडा भी १ प्रदर्शन गरेको छ । १ लाख ४९ हजार भारतीय रुपैयाँ निर्धारण गर्दै कम्पनीले यस इलेक्ट्रीक स्कुटरको प्रदर्शनसँगै भारतमा डेलिभरी समेत सुरू गरेको छ ।

भिडा भी १ प्लसमा ६ किलोवाट क्षमताको मोटर जडान गरिएको छ भने ३.४४ किलोवाट आवरको लिथियम आयन रिमुभएबल ब्याट्री प्याक रहेको छ । यस इलेक्ट्रिक स्कुटरको टप स्पीड क्षमता प्रतिघण्टा ८० किलोमिटर रहेको छ । यसले ० देखि ४० को स्पीड ३.४ सेकेन्डमा पूरा गर्छ।

त्यस्तै, भी १ प्लसले एकपटकको फुलचार्जमा १४३ किलोमिटर रेन्ज प्रदान गर्छ। यो स्कुटरमा रहेको ब्याट्रीलाई फास्ट चार्जरमार्फत चार्ज गर्दा ० देखि ८० प्रतिशत मात्र ६५ मिनेटमा गर्न सकिन्छ भने एसी चार्जरमा ५ देखि ६ घन्टासम्म समय लाग्ने कम्पनीले जनाएको छ ।

भिडा ब्राण्ड नेममा आएको यो स्कुटर फिचर लोडेड रहेको छ । यसमा ७ इन्चको टच स्क्रृन इन्फोटेनमेन्ट सिस्टम दिइएको छ । साथै, क्रुज कन्ट्रोल, एसओएस अलर्ट, टु-वे थ्रोटल र किलेस कन्ट्रोल, वाइफाई, फोरजी सर्पोट, एन्टिभेफ्ट अर्लाम, टर्न वाई टर्न नेभिगेशन, ट्याक माइ वाइक, एलईडी डीआरएल, राइडिङ मोड लगायत अन्य धेरै सुविधाहरू पनि छन् ।

भिडा भी १ प्लसले ओला एस १ प्रो, अथर एक्स ४५० र टीभीएस आइक्यूब जस्ता स्कुटरसँग प्रतिस्पर्धा गर्नेछ ।


Back_to_top