काठमाडौं । आइएमई ग्रुप अन्तर्गत संचालित आइएमई मोटर्स प्रालिले अशोक लेलैण्डका २०२१ मोडलका बसहरु ग्राहकलाई हस्तान्त्रण गरेको जनाएको छ । कम्पनीले काठमाडौंमा एक कार्यक्रम गरी भाइकिङ २२२ मोडलका बसहरु आफ्ना ग्राहकहरुलाई हस्तान्तरण गरेको हो ।
नयाँ बस लिने एक ग्राहकको भनाई उल्लेख गर्दै कम्पनीले विज्ञप्तीमा लेखेको छ, ‘मैले भाइकिङ २२२ मोडलको बस पहिलो पल्ट लिएको हैन, म सँग १० ओटा यसअघि नै छन् । जुन अहिले पनि पुर्व पश्चिम रुटहरुमा मज्जाले चल्दै आएका छन्, ग्राहकहरुको माग अनुसार आरामदायी यात्रा साथै राम्रो कमाई हुने भएकाले मैले भाइकिङ २२२ लाई नै रोजे र साथिहरुलाई पनि किन्न सल्लाह दिन्छु ।’
भाइकिङ रुट बसमा चल्ने बस मध्ये सबैभन्दा रुचाएको बस भएको कम्पनीले दाबी गरेको छ । यसमा इनलाईन फ्युल पम्प हुनुका साथै एच सिरिज इन्जिन रहेको छ । जस्ले इन्धन कम खपत हुन्छ भने कम मर्मत खर्च लाग्छ । भाइकिङ २२२ मा ओभर ड्राईभ गियरबक्स भएकाले १८० हर्सपावर पाउन सकिन्छ ।
नेपालमा हरेक लामो दुरी रुटमा भाइकिङ गाडीहरु चल्दै आएको कम्पनीको दाबी छ । अत्याधिक माग अनुसार कम्पनीले ग्राहक वर्गहरुलाई विशेष सर्भिस समेत उपलब्ध गराउँदै आएको जनाएको छ । देशभर रहेका आफ्ना १३ ओटा सर्भिस नेटवर्कबाट ग्राहकले सर्भिस लिन सकिने कम्पनीले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

