विश्वभर चर्चा कमाइरहेको भोल्भो ‘इएक्स’३०’, मूल्य पनि आकर्षक

काठमाडौं । स्वीडस अटोमोवाइल ब्राण्ड भोल्भोले चनिमा उत्पादन गरेको इएक्स ३० इलेक्ट्रीक क्रसओभर एसयूभी अहिले विश्वभर चर्चा कमाइरहेको छ । उत्कृष्ट डिजाइन, आकर्षक लुक्स र मूल्यको कारण यसले चर्चा कमाएको हो ।

भोल्भोले यसलाई ‘एसइए प्लेटफर्म’मा बनाएको हो । बेइजिङ अटो शोमा प्रदर्शनी भएको भोल्भो इएक्स–३० मा टी आकारको थोर ह्यामर हेडलाइट डिजाइन दिइएको छ । कम्पनीको यो एसयूभी अहिलेसम्म उसले उत्पादन गरेको सबैभन्दा सानो एसयूभी हो ।

इएक्स-३० क्रसओभर मोडलको लम्बाई ४२३३ एमएम, चौडाई १८३८ एमएम र उचाई १५५५ एमएम छ । यसमा २६५० एमएम लामो ह्वीलवेस पाउन सकिनेछ ।

कम्पनीले यसलाई रियर ह्वील ड्राइभ र अल ह्वील ड्राइभ गरी दुई मोटर अप्सनमा ल्याएको छ । यसको रियर ह्वील ड्राइभमा २०० किलोवाटको सिंगल मोटर र अल ह्वील ड्राइभमा ३१५ किलोवाटको डिउल मोटर सेटअप रहेको छ ।

रियर ह्वील ड्राइभ मोडलमा ४९ किलोवाट आवरको लिथियम आयोन फस्फेट र अलह्वील ड्राइभ अप्सनमा ६६ किलोवाट आवरको टर्नरी लिथियम आयोन ब्याट्री प्याक रहेको छ । यो ईभीलाई १० बाट ८० प्रतिशतसम्म रिचार्ज गर्न केबल २६ मिनेट लाग्छ ।

यसको टप स्पीड पनि राम्रो छ । यसलाई जम्मा ३.६ सेकेन्डमा शून्यबाट १०० किलोमिटरको स्पीडमा गुड्न सकिन्छ । यसको टपस्पीड क्षमता १८० किलोमिटर प्रतिघण्टा हो ।

भल्भो इएक्स-३० को इन्टेरियर सिम्पल डिजाइनमा छ । यसमा १२.३ इन्चको भर्टिकल सेन्टर कन्ट्रोल स्कृन छ । यसको ड्यासबोर्डमा सेन्टर एसी आउटलेट हिडन रहेकोले ड्यासबोर्ड एकदम क्लीन देखिन्छ ।

थ्री स्पोक मल्टिफङ्सन स्टेरिङ ह्वीलमा बटमको सट्टा टच कन्ट्रोल दिइएको छ । नयाँ डिजाइनको १.२ मिटर लामो हर्मन कार्डनका साउण्डबार पूरा ड्यासबोर्डमा फैलिएको छ ।

सुरक्षाका लागि विश्व प्रसिद्ध ब्राण्ड भल्भोले यो एसयूभीमा सराउण्ड भ्यू क्यामरा, फाइभ मिलीमिटर वेभ रडार, चारवटा अल्ट्रासोनीक रडार सहितको लेवल २ एड्भान्स ड्राइभिङ असिस्ट सिस्टम पाउन सकिन्छ ।

भल्भोले यो एसयूभीको इन्टेरियरमा वातावरणमैत्री रिसाइकल मेटेरियलहरु तथा ३० प्रतिशत डेकोरेटीभ प्यानलहरुमा रिसाइकल प्लास्टीक प्रयोग गरेको जानकारी दिएको छ । भोल्भोले चीनमा यसलाई २७ हजार ८०० देखि ३५ हजार ४०० अमेरिकी डलर मूल्य तोकेर बिक्री सुरु गरेको हो ।


Back_to_top