३० लाखमै किन्न सकिन्छ फक्सवागेनकाे कार, नयाँ मूल्यसूची सहित

 

काठमाडौं । जर्मनी अटो मेकर फक्सवागेनको आधिकारीक वितरक पूजा इन्टरनेशनलले नयाँ मूल्य सूची प्रकाशित गरेको छ ।फक्सवागेनले नेपालमा ह्याचब्याक कारदेखि एसयूभीसम्म विक्री गर्दै आएको छ । फक्सवागेनले भारतमा निर्माण भएको पोलो, भेन्टोकार तथा मेक्सीकोमा निर्माण भएको अलस्पेस एसयुभी विक्री गरिरहेको छ ।

कम्पनीले प्रकाशित गरेको मूल्यसूची अनुसार ह्याचब्याक पोलो म्यानुअलको शुरूवाती मूल्य ३० लाख ९० हजार रुपैयाँदेखि ४० लाख ४० हजार रुपैयाँसम्म रहेको छ । अटोमेटिक पोलोको भने ४५ लाख ४० हजारदेखि ४७ लाख ४० हजार रुपैयाँसम्म पर्नेछ ।

त्यस्तै फक्वागेनको सेडान कार भेन्टोको मूल्य म्यानुअलको ३९ लाख ४० हजार रुपैयाँदेखि ४९ लाख ४० हजारसम्म र अटोमेटिक भेन्टोको मूल्य ५० लाख ४० हजारदेखि ५४ लाख ४० हजार रुपैयाँसम्म रहेको छ । फक्सवागनको पोलो र भेन्टो दुवै १.० लिटरको टीएसआई इन्जिनमा उपलब्ध छ ।

भक्सवागेनको एसयूभी अलस्पेस भने दक्षिण अमेरिकी देश मेक्सीकोमा बनेको हो । यो एसयूभी नेपाली बजारमा अटोमेटिक गियर अप्सनमा मात्र उपलब्ध रहेको छ । २.० लिटर पेट्रोल इन्जिनमा अप्सनमा रहेको अलस्पेस टे्न्डलाइनको मूल्य १ करोड १८ लाख तथा अलस्पेस हाइलाइनको मूल्य १ करोड ५८ लाख रुपैयाँ रहेको छ ।


Back_to_top