काठमाडौं । विश्वको सबैभन्दा ठूलो हाइभोल्टेज ब्याट्री उत्पादक कम्पनी सीएटीएलले लगानी गरेको अटोफ्लाइट कम्पनीले पानीमाथि टेकअफ र ल्याण्डिङ गर्न सक्ने एयर ट्याक्सी तयार पारेको छ ।
प्योर इलेक्ट्रीक एयर ट्याक्सीलाई पानीमाथिबाट टेकअफ गर्न र ल्याण्डिङ गर्न भने ‘भेसल’को आवश्यकता पर्छ । भेसल कम्पनीले तयार पारेको एउटा भर्टिकल टेकअफ एण्ड ल्याण्डिङ प्लेटफर्म हो । जुन पूर्णत इलेक्ट्रीक पावर स्टोरेजको रुपमा पनि प्रयोग गर्न सकिन्छ ।
भेसलमा एयर ट्याक्सी ल्याण्डिङपछि त्यसमा रहेको इनर्जीबाट ट्याक्सी रिचार्ज गर्न सकिनेछ । एयर ट्याक्सीसँग कम्युनिकेसनको लागि पनि भेसलकै प्रयोग हुन्छ । यसलाई समुन्द्रमा राखेपछि बन्ने स्थानलाई भर्टिपोर्ट भनिन्छ । यसकै प्रयोगबाट पानीमाथिबाट जहाज उडाउन सकिने भएको हो ।

