ड्राइभिङ गर्दा यी ७ कुरामा ध्यान दिनुस्, नत्र दुर्घटनामा परिएला

काठमाडौं । सडकमा सवारी साधन चलाउदा संभाबित दुर्घटनाबाट कसरी बच्ने भन्ने चिन्ता सबै मानिसमा हुन्छ । तर, अचानक दुर्घटना हुँदा त्यसबाट हुने नोक्सानी निकै ठूलो हुन सक्छ । 

कुनै पनि चालकले दुर्घटना होस् भन्ने चाहना राख्दैन तर पनि कयौं मानिस दुर्घटनाको शिकार भइरहेका हुन्छन् । दुर्घटना हुनुको कारणबारे अमेरिकाको न्यूयोर्क स्टेट डिपार्टमेन्ट अफ मोटर भेइकल्सले वृहत अनुषन्धानगरि सर्वसाधारणमा सूचनाजारी गरेको छ । 

उक्त स्टडी रिपोर्टकानुसार दुर्घटना हुनाको ७ कारण यस्ता रहेका छन् । यदि यी ७ कारणमा बिचार पुर्याउने हो भने दुर्घटना निकै कम हुने रिपोर्टमा दावी गरिएको छ । 

१. राम्रोसँग सुत्न नपाएको वा थकित चालकले चलाएको सवारीसाधन दुर्घटनामा पर्ने खतरा सबैभन्दा धेरै हुन्छ । 

२. बिना बिश्राम लामो यात्रागर्दा दुर्घटनाको जोखिम बढ्छ ।

३. बिशेष गरेर चालकको सुत्ने समयमा गाडी चलाई रहेको छ भने, उसलाई निन्द्राले ड्राइभगर्न कठिन बनाउँछ । यदि यस्तो समयमा जवरजस्र्ती गाडी चलाउँदा दुर्घटनाको संभावना धेरै हुन्छ । 

४. दुर्घटना हुनसक्ने अर्को मुख्य कारण मादक पदार्थ सेवन वा अन्य निन्द्रा लाग्ने कुनै औषधी प्रयोग गर्नु हो । त्यसैले सवारी साधन चलाउँदा यस्ता कुरामा ध्यान दिनु पर्छ । 

५. लामो बाटोमा गाडी चलाउँदा एक्लै यात्रा गर्नुपनि दुर्घटनाको कारण बन्न सक्छ । 

६. ट्राफिक कम भएको सडकपनि दुर्घटनाको कारण बन्न सक्छ । कम सवारीसाधन सडकमा हुँदा स्पिड धेरै हुने र दुर्घटनामा पर्ने खतरा बढ्छ । 

७. सधै एउटै बाटोमा सवारीसाधन चलाउँदा चालकमा ओभर कन्फिडेन्ट बढ्न जान्छ । त्यसले समेत दुर्घटना निम्त्याउन सक्छ । 

युवामा यस्ता समस्या

रिपोर्टका अनुसार युवामा विशेषगरेर निन्द्रासँग जोडिएका समस्याहरु धेरै हुने गर्छन् । आजकालका युवाहरु बेलुका ढिलासम्म बस्ने र बिहान चाँडो उठ्ने गर्छछन् यस्तोमा उनिहरुले सवारीसाधन चलाउँदा निकै सजग हुन जरुरी हुन्छ । 

साथै, सिफ्टमा कामगर्ने मानिसहरु जसको कामगर्ने निश्चित सेडियुल हुँदैन उनिहरु शारिरिक रुपमा धेरै थाकेका हुन्छन् । उनिहरु गाडी चलाउने क्रममा दुर्घटनामा पर्ने संभावना बढी हुन्छ । निनद्रसँग जोडिएर आउने समस्या भएका हरेक मानिस गाडी चलाउन सतर्क हुन जरुरी हुन्छ । 


Back_to_top