काठमाडौं । भारतीय अटो निर्माता कम्पनी गोल्डस्टोन इन्फ्रोटेक र चीनीयाँ कम्पनी बिवाइडीबीचको सहकार्यमा निर्माण गरिएको इलेक्ट्रिक बस ‘इबज के सिक्स’ सार्वजनिक भएको छ ।
इ-बस सार्वजनिक गर्दै बिवाइडीले भारतीय कम्पनी गोल्ड स्टोनको सहकार्यमा भारतमा नै इलेक्ट्रिक बस निर्माणगरि नेपाललगायतका देशमा निर्यात गर्ने जनकारी दिएको छ ।
७ मिटर लामो हाइ फ्लोरसहित को ‘इबज के सिक्स’ बस एक पटक फुल चार्ज गरेपछि २०० किलोमिटर चलाउँन सकिने कम्पनीले जनाएको छ ।
बसमा लिथीएम आयन फोस्फेट ब्याट्रीको प्रयोग गरिएको छ । बसमा दिइएको ब्याट्री र इलेक्ट्रिक मोटरले २४१ बिएचपी पावर र १५०० एनएम टर्क उत्पादन गर्छ । यसको टप स्पिड क्षमता ८० किलोमिटर प्रतिघन्टा रहेको छ । साथै, यसमा डिस्क ब्रेक, एबिएस अप्शनसमेत उपलब्ध रहेको छ ।
क्विक चार्जर मार्फत ४ घन्टामा बस फुलचार्ज हुने कम्पनीले जनाएको छ । दुबै कम्पनीको सहकार्यमा निर्माण भएको बिवाइडी इबज के सिक्सले नेपाल भारतलगायतका देशमा इलेक्ट्रिक सवारी सवारी साधन प्रतिको आकर्षण बढाउने अुनमान गरिएको छ ।

