काठमाडौं । करिब २० दिनअघि चिनियाँ बजारमा सार्वजनिक भएको विङ्गो ईभी ५ ढोका भएको पूर्ण इलेक्ट्रीक कार हो । चीनमा ८ हजार ६०० डलर मूल्य तोकेर विक्री सुरु भएको विङ्गो कारले दुई हप्तामा नै १० हजार यूनिट बुकिङ पाएको थियो । यसको मूल्य नेपाली मुद्रामा ११ लाख ३५ हजार हारारी रहेको छ ।
चिनियाँ अटोमोवाइल कम्पनी विलिङले उत्पादन गरेको विङ्गो ईभी चीनबाट निर्यात पनि सुरु भएको छ । कम्पनीले आफ्नो उत्पादन म्यानमारबाट विक्री सुरु गरेको हो ।
पहिलो लटमा म्यानमार जान लागेको सम्पूर्ण ईभी ग्राहकले अर्डर गरिसकेको कम्पनीले जनाएको छ । योसँगै विलिङको विङ्गो ईभी पहिलोपटक आसियान मार्केटमा प्रबेश गरेको हो ।
विङ्गो ईभीको साइज पनि झण्डै सब फोर मिटर एसयूभीको बराबर रहेको छ । यसको लम्बाई ३९५० एमएम, चौडाई १७०८ एमएम र उचाई १५८० एमएम छ ।
विलिङले आफ्नो कारलाई फिचर लोडेड बनाउन कुनै कसर बाँकी राखेको छैन । यसमा दुई वटा १०.२५ इन्चको स्कृन पाउन सकिन्छ । लेदर सिट, मल्टीफङ्गशनल स्टेरिङ ह्वील, रिमोर्ट स्टार्ट, किलेस इन्ट्री, अटोमेटीक पार्किङ, ट्रायाक्सन कन्ट्रोल, स्टेविलिटी कन्ट्रोल जस्ता आधुनिक सुरक्षा फिचर पाउन सकिन्छ ।
कम्पनीले यसलाई दुई मोटर अप्सनमा ल्याएको छ । यसमा ३० किलोवाट र ५० किलोवाट क्षमताको दुई मोटर छनोटमा उपलब्ध रहेको छ । चिनियाँ एजेन्सीले २०३ र ३३३ किलोमिटर रेन्ज प्रमाणित गरेको यो कारले फास्ट चार्जिङ सर्पोट गर्छ ।
विलिङले ३० किलोवाटको मोटरसँग १७ किलोवाट आवरको ब्याट्री दिएको छ । यसलाई सिंगल चार्जमा २०३ किलोमिटर गुडाउन सकिन्छ । त्यस्तै ३२ किलोवाट आवरको ब्याट्रीसँग ५० किलोवाट क्षमताको मोटर जडान भएको छ । यसले सिंगल चार्जमा ३३३ किमि रेन्ज प्रदान गर्छ ।
यी दुबै अप्सनको सडकमा रियल रेन्ज भने दावी अनुसार प्राप्त हुनेमा शंका छ । नेपालमा भने विलिङले एसएआईसी र जनरल मोटर्ससँग मिलेर उत्पादन गरेको विलिङ मिनी कार उपलब्ध रहेको छ ।

