काठमाडौं । मोरिस ग्यारेज (एमजी) को इलेक्ट्रीक स्पोर्टस कार साइबरस्टर सार्वजनिक भएको छ । रोडस्टर डिजाइनमा रहेको यो कार चीनको सांघाई अटो शो २०२३मा सार्वजनिक भएको हो ।
सार्वजनिक विवरण अनुसार यो कारमा दुई मोटर रहेको छ । जसमा ७५ किलोवाटको फ्रन्ट इलेक्ट्रीक मोटरले २०१ हर्स पावर उत्पादन गर्छ भने पछाडि रहेको १६० किलोवाटको मोटरले भने ३३५ हर्सपावर उत्पादन गर्छ।
हाल यो गाडीमा प्रयोग भएको ब्याट्री बारे भने केही खुलासा भएको छैन । तर, यो ईभी कारले अधिकतम प्रतिघण्टा १२४ माइल अर्थात् १९९ किलोमिटरको टप स्पीडमा गुड्न सक्छ ।
इलेक्ट्रीक साइबरस्टरको लम्बाइ ४५३५ एमएम, चौडाइ १९१३ एमएम र १३२९ एमएम अग्लो रहेको छ । यसको ह्वीलबेस २६९० एमएम रहेको छ ।

पछिल्लो समयमा एमजी ब्रान्ड टी–सिरिज, एमजीए, एमजीबी लगायतका रोडस्टरको लागि परिचित छ । कम्पनीले नयाँ ईभीमा एरो सेप्ड टेललाइट दिएको छ । कम्पनीले यो इभी मोडर्न डिजाइनमा तयार गरेको छ ।
यसले एमजीको आइकोनिक रोडस्टरलाई समर्पित गरेर लामो हुड, स्मुथ बडी लाइन दिएर यसको डिजाइन तयार गरेको छ । त्यस्तै, यसको इन्टेरियरका एलिमेन्टबारे भने कुनै विवरण सार्वजनिक भएको छैन ।
यो गाडी यूके र युरोपमा आगामी वर्ष विक्री वितरणका लागि उपलब्ध हुनेछ । हाल यसको मूल्यबारे भने केही सूचना बाहिरिएको छैन ।


