काठमाडौं । चिनियाँ स्टार्टअप न्यूइनर्जी भेहिकल कम्पनी एक्सपेङले उड्ने कार बनाउने प्लाण्टको शिलान्यास गरेको छ ।
एक्सपेङ्को सब्सिड्यारी कम्पनी एक्सपेङ एरोहटले चीनको गंङडङ प्रान्तको ग्वान्जाओमा उक्त प्लाण्टको शिलान्यास गरेको हो ।
उक्त प्लाण्ट १ लाख ८० हजार स्क्वायरमिटर क्षेत्रफलमा फैलिने छ । यसको क्षमता वार्षिक १० हजार फ्लाइङ कार उत्पादन गर्ने रहेको छ । कम्पनीले सन् २०२६ देखि यो प्लाण्टबाट मास प्रडक्सन गर्ने लक्ष्य बनाएको छ ।
यो विश्वको प्रहिलो फ्लाइङ कार फ्याक्ट्री हो । जहाँ मास प्रडक्सनका लागि मोर्डन एसेम्ब्ली लाइन रहेको छ । यो प्लाण्टबाट मोडुलर फ्लाइङ कारको फ्लाइङ बडी पोर्सनको उत्पादन हुनेछ ।

एक्सपेङ एरोहटले बनाएको मोडुलर फ्लाइङ कारले हालै मात्र पहिलो टेस्ट फ्लाइट सफलतापूर्वक सम्पन्न गरेको थियो । कम्पनीले आगामी नोभेम्बर १२ मा हुने चाइना एयरशोमा पहिलो पब्लिक फ्लाइट देखाउने योजना बनाएको छ । कम्पनीले यो कारको प्रिसेल यसैवर्षको अन्त्यबाट सुरू गर्ने समेत बताएको छ ।
सन् २०१३ मा स्थापना भएको एक्सपेङ एरोहटको फ्लाइङ कारमा इलेक्ट्रीक भर्टिकल टेकअफ र ल्याण्डिङ फिचर रहेको फ्लाइङ कार तथा मोडुलर फ्लाइङ कार समेत रहने छ । यो कारको मूल्य २ लाख ८० हजार ८८० डलर (२० लाख आरएमबी) भन्दा हुने कम्पनीका फाउण्डर प्रेसिडेन्ट जाओ देलीले बताएका छन् ।
कम्पनीले यसको प्रिसेल सुरू गर्नु भन्दा पहिला नै १ हजार प्रिअर्डर पाइसकेको दाबी गरेको छ ।


