एक्सयूभी-७०० लाई लग्जरी इलेक्ट्रीक एसयूभीमा ल्याउँदै महिन्द्रा

काठमाडौं । भारतीय एसयूभी एक्सपर्ट महिन्द्राले थुप्रै इलेक्ट्रीक एसयूभी बजारमा ल्याउने तयारी गरिरहेको छ । धेरै मध्ये सबैभन्दा चाँडै बजारमा आउन लागेको एक्सयूभी ७०० को इलेक्ट्रीक मोडल लग्जरी फिचरले भरिपूर्ण भएर आउने देखिएको हो ।

महिन्द्राले पहिलो प्रिमियम विद्युतीय एसयूभीको रुपमा एक्सयूभी-७०० मा आधारित ‘एक्सयूभी ई८’ ल्याउने भएको हो । अहिले कम्पनीले यसलाई भारतको विभिन्न क्षेत्रमा परिक्षण गरिरहेको छ ।

तस्बिरमा देखिए अनुसार नयाँ एसयूभीमा अगाडि र पछाडि नै एलइडी लाइटबार दिएको देखिन्छ । अगाडि ईभी प्रेरित क्लोजअफ ग्रिल र नयाँ डिजाइनको हेडल्याम्प बीच उत्कृष्ट कम्बीनेशन मिलाइएको छ । साइडमा कुनै ठूलो परिवर्तन छैन । ह्वील भने नयाँ डिजाइनको उपलब्ध हुनेछ ।

महिन्द्रा एक्सयूभी ई८ साइजमा पनि एक्सयूभी-७०० भन्दा केहि ठूलो हुनेछ । यसको लम्बाई ४७४० एमएम, चौडाई १९०० एमएम, उचाई १७६० एमएम रहने छ । यसमा २७६२ एमएम लामो को ह्वीलवेस पाउन सकिन्छ ।

यसको ड्यासबोर्डमा ३ वटा स्कुन रहने छ । पहिलो इन्ट्रुमेन्ट क्लस्टर, दोस्रो इन्फोटेन्मेन्ट डिस्प्ले र तेस्रो साइड प्यासेन्जरको लागि छुट्टै स्कृन रहनेछ ।

सबै सिट भेन्टीलेटेड रहने एसयूभीमा प्यानारोमीक सनरुफ, प्रिमियम साउण्ड सिस्टम, एडास फिचर र कनेक्टेड कार टेक उपलब्ध हुनेछन् ।

महिन्द्राले एक्सयूभी ई८ मा ६० किलोवाट आवरको ब्याट्री प्याक दिने सम्भावना रहेको छ । यो ब्याट्रीले सिंगल चार्जमा ४०० किलोमिटर रेन्ज प्रदान गर्नेछ ।

सिंगल मोटर सेटअपमा फ्रन्ट एक्सलमा हुनेछ । यसको हाइस्पेक भने अलह्वील ड्राइभमा पाउन सकिन्छ । जहाँ अगाडि र पछाडि नै मोटर रहने छ ।


Back_to_top