हिरो स्प्लेन्डर किन्दा यादवले पाए ५ लाख उपहार

काठमाडौं । हिरो दशै स्कीममा राम किशुन यादवले ५ लाख रुपैयाँ नगद पुरस्कार जित्न सफल भएका छन् । हिरो मोटरसाइकले ल्याएको दशै स्कीम ‘एक्कासी मालामाल’ अन्तर्गत यादवले नगद ५ लाख पुरस्कार जित्न सफल भएका हुन् ।

यादवले लहानमा रहेको सिजीको आधिकारिक डिलर सिटी ट्रेड कन्र्सनबाट हिरो स्प्लेन्डर खरिद गरेका हुन् ।

हिरो मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता कम्पनी सिजी मोटर्सले ल्याएको दशै स्कीम ‘एक्कासी मालामाल’ अन्तर्र्गत ‘दसैँ तिहार २०८१ को बहार, २ चक्के किन्दा ४ चक्के उपहार’ अफर संचलान गर्दै आएको छ । उक्त अफर अन्तर्गत ग्राहकले हिरो ब्रान्डको जुनसुकै मोटरसाइकलत था स्कुटर खरिद गर्दा स्क्रयाच कार्डद्वारा नगद ५ लाखसम्म जित्ने मौका साथै बम्पर उपहारमा ‘नेटा भि इभी कार जित्न सक्नेछन् ।

सिजी मोटर्सले हाल नेपालका विभिन्न स्थानहरूमा ६० भन्दा बढी हिरो शोरुमको नेटवर्क सञ्चालन गरिरहेको छ । साथै, निकट भविष्यमा थप शोरुम खोल्ने प्रक्रियामा रहेको कम्पनीले जनाएको छ । बढ्दो ग्राहकहरूको सङ्ख्यालाई ध्यानमा राख्दै नेपालभर सेल्स, सर्भिस तथा स्पेयर पार्टस नेटवर्कलाई द्रुत रूपमा विस्तार गरिरहेको छ ।


Back_to_top