काठमाडौं । याडियाको जी ५ इलेक्ट्रीक स्कुटरमा सिधै १ लाख ३० हजार नगद रुपैयाँ छुट पाइने भएको छ । नेपालका लागि याडियाको आधिकारिक वितरक कुजु नेपालले बिक्री गर्दै आइरहेको याडिया ब्राण्डको जी ५ मोडलको इलेक्ट्रीक स्कुटरमा १ लाख ३० हजार रुपयाँ नगद छुट दिने भएको हो ।
कम्पनीले स्टकमा बाँकी रहेको २०२२ मोडलको याडिया जी ५ स्कुटरमा मात्रै नगद छुट दिने बताएको छ ।
नेपाली बजारमा याडिया जी ५ स्कुटरको मूल्य ३ लाख ५० हजार रुपैयाँ रहेको छ । कम्पनीले १ लाख ३० हजार छुट दिए पछि यो स्कुटर २ लाख २० हजार रुपैयाँ मूल्यमा नै किन्न पाइने भएको हो । यो स्कुटर किन्न चाहानेले छुट पछिको पुरा रकमनै बुझाउनु पर्ने कम्पनीले जनाएको छ ।
यस छुट अफरमा पुरानो मोडलको जी ५ स्कुटर खरिद गर्ने ग्राहकले कम्पनीले दिदै आएको ब्याट्री मोटरमा पाइने वारेन्टि अफर सबै पाउने छन् ।
याडिया जी ५ मा ३.० किलोवाटको ब्रोडब्यान्ड वाटर प्रुफ मोटर र ६० भोल्ट , ३२ एम्पियरको पानासोनिक लिथियम ब्याट्रीप्याक रहेको छ । यस ब्याट्रीलाई फुल चार्ज हुन करिब ६ घण्टा समय लाग्ने छ भने, एक पटकको फुलचार्जमा यो स्कुटरले ८० किलोमिटरसम्मको रेन्ज दिने छ । यसको टप स्पीड ६० किलोमिटर प्रतिघण्टा रहेको छ ।
कोल्ड रोल्ड स्टिललेस फ्रेममा तयार भएको याडिया जी ५ मा सट सर्किट प्रोटेक्सनका साथै ओभर करेन्ट प्रोटेक्सन, ओभर चार्जिङ र ओभर डिस्चार्जिङ प्रोटेक्सन सिस्टम पाउन सकिन्छ ।
स्पोर्टी डिजाइनमा रहेको यस स्कुटरमा पुरा एलइडी लाइट सिस्टम, ७ इन्चको डिजीटल एलसीडी मिटर, एड्जस्टेबल लाइनेस डिस्प्ले, ब्याट्री लो इन्डिकेटर, युएसबी चार्जिङ पोर्ट र स्टार्ट स्टप बटन दिइएको छ ।
साथै, एन्टि थेप्ट सिस्टम, रिभर्स मोड, रिजेनेरेटिभ ब्रेकिङ सिस्टम, आल्मुनियम रियर फर्क, दुबै टायरमा हायड्रोलिक डिस्कब्रेक, अलोय ह्वील, ट्युबलेस टायर र २६ लिटरको अन्डर सिट स्टोरेज लगायतका फिचरहरु रहेका छन् ।