काठमाडौं । याडिया इलेक्ट्रीकको नयाँ शोरुम चाबहिलमा सञ्चालनमा आएको छ। नेपालका लागि याडियाको ब्रान्डको आधिकारिक वितरक कुजु नेपाल प्रालिले नयाँ शोरुम चाबहिलको चुच्चेपाटी स्थित दम्पा कम्प्लेक्समा सञ्चालनमा ल्याएको हो ।
उक्त शोरुम काठमाडौं महानगरपालिका वडा नम्बर ७का अध्यक्षले उद्घाटन गरेका हुन् । कम्पनीको अन्य शोरुम पोखरा, चितवन, दाङ, बुटवल, पाटन र भक्तपुरमा सञ्चालनमा रहेका छन् ।
निकट भविष्यमा नै बिर्तामोड, दमक, धरान, इटहरी, विराटनगर, लहान, जनकपुर, हेटौँडा, भैरहवा, नेपालगन्ज, महेन्द्रनगर र धनगढीमा शोरुम खोल्ने तयारी रहेको कम्पनीका संचालक उमिद श्रेष्ठले जानकारी दिए ।
पछिल्लो समय याडिया ब्राण्डका सी१ एस, जी५ र एस-लाइफ गरी ३ मोडलका इलेक्ट्रीक स्कुटरहरु नेपाली बजारमा उपलब्ध रहेका छन् । कम्पनीले चाबहिल शोरुम उद्घाटनको अवसरमा आफ्नो सम्पूर्ण मोडलमा ३० हजार नगद छुटका साथै एक्सचेन्ज र इएमआइको व्यवस्था गरेको छ ।


