यामाहाले सार्वजनिक गर्यो एकै साथ ३ बाइकको मोनस्टर भर्सन

काठमाडौं । यामाहा मोटरले भारतीय बजारमा यामाहा आर १५ भी ३ को मोनस्टर एडीशन मोटरसाइकलसँगै तीन मोटरसाइकल  सार्वजनिक गरेको छ । कम्पनीले उक्त मोटरसाइकलसँगै एफजेड २५ भर्सनको समेत मोनस्टर भर्सन सार्वजनिक गरेको हो ।

आर १५ भी ३ मनोस्टर एडीशन मोटरसाइकलको मूल्य १ लाख ४२ हजार ७८०, एफजेड २५ को १ लाख  ३६ हजार ६८० भारु तोकिएको छ । कम्पनीले वाइजेड एफ १५ मा १५५ र एफजेड २५ मा २४९ सीसी इन्जिन लगाएको छ ।

साथै कम्पनीले रे जेड आरको मोनस्टर भर्सनको बिक्री सुरु गरेको छ । कम्पनीले एकैसाथ ३ मोडलको मोनस्टर भर्सन सार्वजनिक गरेको हो । रे जेड आर मोनस्टर भर्सनको मूल्य ५९ हजार भारतीय रुपैयाँ तोकेको छ । 

यी मोटरसाइकलमा यामाहा ब्रान्डिङको ब्ल्यु हाइलाइटयुक्त फ्युल ट्यांकी, फ्रन्ट फेन्डर फेसिका  र साइड प्यानल लगाइएको छ । कम्पनीका चेयरम्यान मोटोफुमी सिताराले स्टाइलिस लुक र स्पोर्टी मोबिलिटीका यी मोटरसाइकलमा विभिन्न विशेषता समेटिएको जानकारी दिएका छन् ।


Back_to_top