यामाहा MT 09 को २०२१ भर्सन तयार, अठार परिमार्जन पाउन सकिने

काठमाडौं । जापानी मोटरसाइकल उत्पादक कम्पनी यामाहा प्रिमियम मोटरसाइकल सेग्मेन्टमा अब्बल कम्पनी मानिन्छ । यामाहाले अन्तर्राष्ट्रिय बजारमा सन् २०२१ बाट बिक्री गर्ने ‘एमटी ०९’ तयार गरेको छ ।

उसोत यसअघि पनि एमटी ०९ नेपाली बजारमा उपलब्ध रहेको थियो । कम्पनीले २०२१ मोडल भने निकै परिमार्जन गरेर ल्याएको छ । तौलको साथै अन्य थुप्रै कस्मेटिक परिमार्जनसहित आएको एमटी ०९ अहिले निकै चर्चामा रहेको छ ।

नयाँ एमटी ०९ मा पहिलेको भन्दा ४३ सीसी बढी क्षमताको सिपी ३, इनलाइन ८९० सीसीको इन्जिन प्रयोग गरिएको छ । यसमा एसिस्ट एण्ड स्लीपर क्लचको प्रयोग गरिएको छ ।

कम्पनीले पहिलेको तुलनामा पावर बढी, नयाँ इन्टेक र फ्यूल डेलिभरी सिस्टम, पहिले भन्दा राम्रो माइलेज, गियरबक्समा परिमार्जन, अल न्यू फ्रेम, नयाँ सस्पेन्सन, कम्प्याक्ट च्याचिस, इन्धन ट्यांक र सिटमा अपग्रेड, नयाँ स्टाइलको एलइडी लाइट जस्ता फिचर थप गरेर ल्याएको छ । माथी उल्लेखित सहित करिब १८ नयाँ परिमार्जन एमटी ०९ मा पाउन सकिन्छ ।


Back_to_top